Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

अभिनेत्री शेफालीको निधन

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ६ महिना अगाडि

नयाँ दिल्ली । बलिउड अभिनेत्री शेफाली जरीवालाको निधन भएको छ । ४२ वर्षको उमेरमा मुम्बईमा उनको निधन भएको जनाइएको छ । मृत्युको कारण अझै स्पष्ट भएको छैन । उनी अन्धेरीको लोखण्डडवाला क्षेत्रमा बस्थिन् ।शेफालीको मृत्युको खबरले टिभी र चलचित्र जगत्का सेलिब्रेटीहरूले गहिरो शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरे । उनी ‘काँटा लगा’ म्युजिक भिडियोबाट चर्चामा आएकी थिइन् ।

त्यतिबेला उनी इन्जिनियरिङ पढ्दै थिइन् । उनका बुबा चार्टर्ड अकाउन्टेन्ट थिए र आमा स्टेट बैंक अफ इन्डियामा काम गर्थिन् । धेरै वटा म्युजिक भिडिओमा काम गरेकी उनी ‘मुझसे शादी करोगी’लगायतका केही चलचित्रमा पनि देखिएकी थिइन् ।

सन् २०२० मा शेफाली रियालिटी सो बिग बोसको १३औँ सिजनमा पनि देखिएकी थिइन् । शेफाली र सिद्धार्थ शुक्लाको जोडीलाई फ्यानहरूले धेरै मन पराए । उनले ‘नाच बलिए’जस्ता डान्स रियालिटी सोमा पनि भाग लिएकी थिइन् । यस कार्यक्रममा उनी पराग त्यागीसँग देखिएकी थिइन् ।

शेफालीले धेरै अन्तर्वार्तामा किशोरावस्थामा आफूलाई मिर्गी रोग लागेको बताएकी थिइन् । यो एक स्नायु विकारको रोग हो । उनी लगभग एक दशकसम्म यसको उपचार गराइरहेकी थिइन् ।

उनले आत्मविश्वास धेरै घटेको तर योग र फिटनेसमार्फत आफूलाई सम्हालेको बताएकी थिइन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Aaryan-Sigdel-768x470

म्युजिकल फिल्म बानीको टिजर

  • १७ घण्टा अगाडि
Yoga0

आज विश्व ध्यान दिवस

  • १७ घण्टा अगाडि
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • ३ दिन अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • ३ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved