Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

अडियन्स रिभ्युः किन यसरी झन् पछि झन् उत्कृष्ट हुँदै गएको छ कमेडी दरबार

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ६ महिना अगाडि

गाेपी कृष्ण चापागाईं
काठमाडौँ । लोकप्रिय टेलिभिजन शो कमेडी दरबार पछिल्लो समय निकै चर्चामा रहेको शो हो । यस शोमा चर्चित कलाकार देखी शिर्ष नेताहरु पाहुनाको रुपमा पुगिरहेका हुन्छन् । शोको डिजाइन, फर्मेट र कलाकारहरुको प्रस्तुतीले दर्शकलाई निकै मनोरन्जन दिइरहेको छ । शोको दोस्रो सिजनको पनि १२ भाग पुगिसकेको छ । अहिलेसम्म शोले राम्रो उचाई पाइरहेको छ । युट्युव, फेसबुक, टिकटक लगायतका सोसियल साइटहरुमा कमेडी दरबारका क्लिपहरु भाइरल बनिरहेका हुन्छन् ।

आगामी शुक्रबार प्रसारणमा आउने कमेडी दरबारको नयाँ एपिसोडलाई लिएर धेरै दर्शक पर्खाईमा छन् । बुधबार साँझ ‘लिर्डस स्पेशन एपिसोड’को ट्रेलर सार्वजनिक भएसँगै कौतुहोल्ता थपिएको छ । धेरैले यसपटकको यो एपिसोड अझ राम्रो भएको भन्दै प्रतिक्रिया दिइरहेका छन् । उक्त ट्रेलरलाई लिएर आएका अडियन्सका प्रतिक्रिया अझ भनौं पटक पटक हेरिरहने दर्शकको रिभ्युबारे चर्चा गरौं ।

एक जना सिन्दुर टिभीनामका एक युट्युव प्रयोगकर्ताले ‘किन यसरी झन् पछि झन् उत्कृष्ट हुँदै गएको छ कमेडि दरबार’ भनेर प्रतिक्रिया दिएका छन् । यस्तै एक जना श्वेता चौहान नामबाट ‘कमेडी दरबारको फुल एपिसोड हैन ट्रेलर पनि कहिले आउँछ जस्तो हुन्छ ‘भन्दै प्रतिक्रिया दिएको देख्न सक्छौं । यतिमात्रै हैन, सुक्मित गुरुंग लेख्छन, ‘यो प्रोग्राम कुरेर नहेरि नसुत्ने म मात्रै होलाकि ।’ यस्तै महेश सिंहले नयाँ एपिसोडका लागी भित्रिएका कलाकार खबपु मगरको प्रस्तुतीलाई लिएर प्रतिक्रिया जनाएका छन् । उनले लेखेका छन्, ‘खपबु आएछन‌् धेरै खुसी लाग्यो कमेडी दरबारमा आगो बल्छ अब ।’

यस्तै सुजन गौतम नामबाट आएको प्रतिक्रिया यस्तो छ, ‘साच्चिकै कमेडि दरबार नयाँ उचाइमा पुगेकै हो, साह्रै मज्जा आउने कार्यक्रम ।’ अर्का रोजित रन्जितकारले राजनितिज्ञलाई पाहुना बनाएर ल्याएको कुरामा आफ्नो प्रतिक्रिया राखेका छन् । उनले लेखेका छन्, ‘पोलिटिकल पार्टीकै मान्छे ल्याएपनि कमेडी दरबारको मान्छे चुज गर्ने स्टाइल मन पर्छ है ।’

यस्तै कतिपयले भने अर्को चर्चित शो कमेडी नाई विथ च्याम्पियनसँग दाजेर पनि आफ्नो प्रतिक्रिया दिइरहेका छन् । बिबेक घिमिरे नाम गरेका युट्युव प्रयोगकर्ताले अहिलेको एपिसोडमा पुर्वराजाको क्यारिकेचरलाई लिएर रिभ्यु गरेका छन् । उनले लेखेका छन्, ‘यो रमाइलो छ । श्री ५ ज्ञानेन्द्र वीर वीक्रम शाहदेवको चरित्र चित्रणमा जो कोहिले न्याय दिन गार्है पर्छ । कमेडि नाइट विथ च्याम्पियनको ध्वस्तै थियो । यहा केहि सुधार छ । तर अहिले सम्मकै उत्कृष्ट चाहि प्रेम विश्वकर्माको छ । कमेडी च्याम्पियन सिजन ३ । धैर्यता र शालिनता अनि विस्तारै बोल्न सक्नु साच्चिकै गार्हो कुरो हो ।’

कमेडी दरबारका हरेक एपिसोडमा यसरी नै प्रतिक्रिया आइरहेका हुन्छन् । दर्शकले प्रसंशा धेरै गरेपछि कहिँकतै सुधार्नुपर्ने कुराहरुलाई पनि ध्यानाकर्षण गरिरहेका हुन्छन् । एकजना रिम बाबुरानाले कमेडी दरबारमा भइरहने प्रस्तुतीलाई लिएर सुझाव दिएका छन् । उनले लेखेका छन्, ‘दरबारमा सुहागरात र हनिमुन धेरै दोहोरियो । यो लोकप्रियता घटाउने बन्न सक्छ ।’ समग्रमा कमेडी दरबारलाई लिएर दर्शकहरु निकै खुसी छन् ।

श्रृद्धा प्रसाईं र बिक्की अगरवालले निर्देशन गर्दै आएको कमेडी दरबारमा गौरी मल्ल महारानी र मनोज गजुरेल महाराजाको रुपमा प्रस्तुत हुने गरेका छन् । पछिल्लो केहि एपिसोडका लागी गेष्ट महाराजाको रुपमा प्रदीप भट्टराई रहेका छन् । बिक्की अगरवाल र सजिना खनालले होस्ट गर्दै आएको कमेडी दरबारको आगामी शुक्रबार प्रसारण हुने तयारीमा रहेको लिर्डस स्पेशन एपिसोडमा सुन्दर खनाल पूर्व राजा ज्ञानेन्द्र शाह बनेर प्रस्तुत भएका छन् भने कमेडियन खबपु चञ्चल मगर राजेन्द्र लिङ्देनको अवतारमा पुगेका छन्। यसैगरी पवन खतिवडा म्याकुरी कोमल ओली बनेर पुगेका छन् ।

शोमा उत्सब सापकोटा, हिमेश पन्त, पवन खतिवडा, सुजिता श्रेष्ठ, सुन्दर खनाल, बिटी कान्छा, विकाश अर्याल, सरोज भन्डारी, पवित्रा शाकी (मिस पबी), पवन खतिवडा (म्याकुरी) ले प्रस्तुती दिंदै आएका छन् । यस पटकको एपिसोडमा ऋितिज केसी र खबपु मगर गेष्ट कमेडीयनको रुपमा छन् । शोको विकाश अर्याल र सरोज भन्डारी स्किष्ट राइटर हुन्। सो प्रत्येक शुक्रबार प्राइम टेलिभिजन र ओएसआर रियालिटी युट्युव मार्फत प्रसारण हुँदै आएको छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Aaryan-Sigdel-768x470

म्युजिकल फिल्म बानीको टिजर

  • १७ घण्टा अगाडि
Yoga0

आज विश्व ध्यान दिवस

  • १७ घण्टा अगाडि
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • ३ दिन अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • ३ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved