Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

पाकिस्तानी अभिनेत्रीका कारण विवादमा ‘सरदारजी ३’

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ६ महिना अगाडि

नयाँ दिल्ली । पन्जाबी चलचित्र ‘सरदारजी ३’ को ट्रेलर रिलिज भएदेखि नै अभिनेता दिलजित दोसाँझ विवादमा परेका छन् । ट्रेलरमा पाकिस्तानी अभिनेत्री हानिया आमिरको उपस्थितिका कारण अभिनेतासमेत विवादमा आएका हुन् ।

भारतका धेरै भागमा केही मानिसले चलचित्र र दिलजित दोसाँझको बहिष्कार गर्न माग गरिरहेका छन् । पहलगाम आक्रमणपछि भारत र पाकिस्तानबीच बढेको तनावका कारण यो विरोध भइरहेको हो । यसैबीच दिलजित दोसाँझले बिबिसी एसियन नेटवर्कसँग विशेष कुराकानी गरेका छन् ।

सो कुराकानीमा उनले चलचित्र बनाउँदाको परिस्थिति र हानिया आमिरसँग काम गर्दाको अनुभव बारे बोलेका छन् । चलचित्र ‘सरदारजी ३’ बारे दोसाँझले भने, ‘यो चलचित्र बनुन्जेलसम्म सबै कुरा ठिक थियो । चलचित्र छायांकन फेब्रुअरीमा भएको थियो, तर त्यसपछि जे भयो त्यो हाम्रो हातमा थिएन ।’

उनले अगाडि भनेका छन्, ‘निर्माताहरूले यस चलचित्रमा धेरै पैसा लगानी गरेका छन् । यो भारतमा रिलिज हुन नसक्ने भएकाले उनीहरूले यसलाई विदेशमा रिलिज गर्ने निर्णय गरेका छन् र उनीहरूलाई मेरो साथ छ ।’

यो निर्णयले घाटा हुने उनको ठहर छ । उनले भनेका छन्, ‘निर्माताहरूले निश्चित रूपमा घाटा बेहोर्नेछन्, किनकी हामी यसलाई धेरै ठुलो क्षेत्रमा रिलिज गरिरहेका छैनौँ ।’ यस चलचित्रका निर्माता गुनवीर सिंह सिद्धू हुन् ।

दिलजित दोसाँझले पाकिस्तानी अभिनेत्री हानिया आमिरसँग काम गर्दाको अनुभव सुनाउँदै भने, ‘उनीसँग काम गर्नु एकदमै राम्रो अनुभव भयो । उनी आफ्नो काममा धेरै व्यावसायिक छिन् ।’

उनले अगाडि भने, ‘जब हामी काम गरिरहेका हुन्छौँ, हामीसँग धेरै समय हुँदैन ।’, मानिसहरू सोच्छन्, ‘हामी सँगै धेरै समय बिताउँछौँ, तर वास्तविकतामा त्यस्तो होइन ।’ उनले थप भने, ‘म सबैको गोपनीयताको सम्मान गर्छु । म आफैँ पनि धेरै निजी व्यक्ति हुँ र अरूलाई ठाउँ दिनुपर्छ भन्नेमा विश्वास गर्छु । विशेष गरी महिलाहरूलाई बढी ठाउँ दिनुपर्छ ।’

पहलगाम आक्रमणपछि भारत र पाकिस्तानबीच मनमुटाव बढेको छ । यसको असर मनोरञ्जन जगत्मा पनि स्पष्ट रूपमा देखिएको छ । भारतमा पाकिस्तानी सिनेमासँग सम्बन्धित धेरै सेलिब्रेटीहरूको सामाजिक सञ्जाल अकाउन्ट बन्द गरिएका छन् ।

सामाजिक सञ्जालमा भारतीय कलाकारहरूले अब पाकिस्तानी कलाकारहरूसँग काम गर्नु हुँदैन भन्ने आवाज उठिरहेको छ । अखिल भारतीय सिने श्रमिक संघले अब कुनै पनि भारतीय कलाकारले पाकिस्तानीसँग काम नगर्ने अडान लिएको छ ।

मुम्बईस्थित चलचित्र कर्मचारी संघ ‘फेडरेसन अफ वेस्टर्न इन्डिया सिने एम्प्लोइज’ले भारतमा अभिनेता दिलजित दोसाँझको चलचित्र बहिष्कार गर्ने घोषणा गरेको छ । संघका प्रमुख सल्लाहकार अशोक पण्डितले भने, ‘दिलजित दोसाँझ सधैँ उद्योगको नियमविरुद्ध छन् । उनले निरन्तर पाकिस्तानी कलाकार र गायकहरूलाई प्रवद्र्धन गरिरहेका छन्’, उनले थपे, ‘यो राष्ट्रिय हितको विषय हो र हामी उनलाई अपिल गरिरहेका छौँ ।’

संघका अध्यक्ष बिएन तिवारीले पनि दिलजित दोसाँझ र चलचित्रका निर्मातालाई बहिष्कार गरिने बताएका छन् । पाकिस्तानी अभिनेत्री हानिया आमिर सामाजिक सञ्जालमा धेरै सक्रिय छिन् । प्रायः उनका रिलहरू पन्जाबी वा बलिउड गीतमा देखिन्छन् । भारतमा पनि उनका धेरै जना प्रशंसक छन् ।

दिलजित दोसाँझले हालै आफ्नो एक लाइभ कन्सर्टमा हानिया आमिरलाई स्टेजमा आमन्त्रण गरेका थिए । जसबारे सामाजिक सञ्जालमा धेरै चर्चा भयो । चलचित्र ‘सरदारजी ३’ का निर्माता गुनवीर सिंह सिद्धूले बिबिसी पन्जाबी पत्रकार नवजोत कौरसँगको कुराकानीमा वर्तमान अवस्थालाई ध्यानमा राख्दै चलचित्र भारतमा रिलिज नगरिने बताएका छन् ।

सिद्धूले भने, ‘हामी हाम्रो देश र यसका जनताका साथमा छौँ, त्यसैले हामी भारतमा चलचित्र रिलिज गर्दैनौँ । फेब्रुअरीमा चलचित्र छायांकन हुँदा भारत र पाकिस्तानबीच कुनै तनाव थिएन ।’ उनले सम्पूर्ण चलचित्र पाकिस्तानी अभिनेत्री हानिया आमिरसँग छायांकन गरिएको छ र पोस्ट–प्रोडक्सनमा उनलाई हटाउन सम्भव नभएको पनि बताए । उनी भन्छन्, ‘चलचित्रमा हानियाको अनुहार परिवर्तन गर्न सक्ने कुनै प्रविधि छैन ।’

उनले भारतमा रिलिज नगर्दा हुने आर्थिक क्षति आफ्ना लागि ठुलो कुरा नभएको दाबी पनि गरे । सिद्धूले भने, ‘देशवासीको भावनामा चोट पु¥याउनुभन्दा ठूलो क्षति हाम्रा लागि केही छैन ।’ दिलजित दोसाँझको आलोचनाबारे सिद्धूले भने, ‘उनका विषयमा जुन प्रकारको अपमानजनक भाषा प्रयोग भइरहेको छ, त्यो गलत हो । हाम्रा लागि पहिलो नम्बरमा हाम्रो देश हो ।’

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Aaryan-Sigdel-768x470

म्युजिकल फिल्म बानीको टिजर

  • १९ घण्टा अगाडि
Yoga0

आज विश्व ध्यान दिवस

  • १९ घण्टा अगाडि
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • ३ दिन अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • ३ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved