Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

तीजका नाममा विकृतिजन्य गीत सिर्जना नगर्न लोक सञ्चारकर्मी नेपालको आग्रह

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ६ महिना अगाडि

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले तीजका नाममा विकृतिजन्य गीत सिर्जना र रेकर्ड नगर्न–नगराउन सम्बन्धित कलाकार, स्टुडियोलगायतलाई आग्रह गरेको छ ।

हिन्दू नारीहरुको महान् पर्वको रुपमा रहेको हरितालिका तीज आउन अझै केही महिना बाँकी रहँदै केही कलाकारहरुले तीजका नाममा गीतहरु सिर्जना गरी रेकर्ड तथा भिडियो छायांकन भइरहेको अवस्थामा विकृतिजन्य गीत सिर्जना, रेकर्ड र छायांकन नगर्न–नगराउन सम्बन्धित कलाकार तथा स्टुडियोहरुलाई आग्रह गरिएको राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका सचिव कमल सरगमले जानकारी दिए ।

उनले विगतका वर्षहरुमा पनि केही कलाकारहरुले यस्ता गीत बजारमा ल्याएर मौलिक पर्व तीजलाई भड्काएको उल्लेख गर्दै त्यसतर्फ ध्यानाकर्षण भएको र यस वर्षको तीजलाई मौलिक पर्वमा ध्यान दिन आग्रह गरेको बताए ।

आइतबार एक विज्ञप्ति जारी गर्दै सचिव सरगमले यस्तो आग्रह गरेका हुन् । नेपाली लोककला, संस्कृति र साहित्यको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा लागेका सञ्चारकर्मीको छाता संस्था भएकाले सोही अनुरूप लोक संस्कृतिको संरक्षणका लागि सञ्चार पहरेदारको भूमिका निर्वाह गर्दै आएको विषय भएकाले लोक सञ्चारकर्मीकाे यसमा ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

लोककला रसंस्कृतिसँग जोडिने पर्व विशेषका गीत संगीतमा देखिएका विकृति न्यूनीकरणमा काम गर्दै आएको ब्यहोरा अवगत गराउँदै उनले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि महिला दिदीबहिनीहरुको महान् पर्व तीज लक्षित सयौँ सृजना सार्वजनिक हुने विषयलाई ध्यानमा राख्दै सर्जक तथा गायक गायिकालाई विकृतिजन्य गीत रेकर्ड नगर्न, नगाउन र सार्वजनिक नगर्न ध्यानाकर्षण गराएको उनले बताए ।

विज्ञप्तिमा भनिएको छ, ‘तीज गीतमा विकृति, भड्किलोपन, अश्लीलता वा तीज पर्वको मूल भावनालाई नै अपमान गर्ने खालका सिर्जनाहरू आएका खण्डमा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले संस्थामा आबद्ध सञ्चारकर्मी कार्यरत मिडिया हाउसमा उक्त गीत, सम्बन्धित सामग्री प्रकाशन तथा प्रसारणमा प्रतिबन्ध लगाउने र देशव्यापी आम सञ्चारको माध्यममा प्रकाशन तथा प्रसारणमा रोक लगाउन आग्रह गर्ने विषय सरोकारावालाहरु माझ सूचित गराइन्छ ।’

यस्तो छ विज्ञप्ति

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Aaryan-Sigdel-768x470

म्युजिकल फिल्म बानीको टिजर

  • १ दिन अगाडि
Yoga0

आज विश्व ध्यान दिवस

  • १ दिन अगाडि
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • ३ दिन अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • ३ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved