Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

‘अब हिरो हैन, कथामा बाँच्न चाहन्छु’

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ९ महिना अगाडि

नेपाली फिल्म उद्योगमा दुई दशकको अनुभव बोकेका अभिनेता आर्यन सिग्देलका लागि पछिल्ला केही वर्ष चुनौतीपूर्ण रहे । यद्यपि, ‘पूजार सार्की’बाट उनको पुनरागमन दमदार रह्यो ।

उनको यो कमब्याक फिल्म २०८१ सालमा धेरै कमाउने शीर्ष १० को पाँचौं स्थानमा छ । यो पुनरागमनले आर्यनलाई ठूलै राहत मात्र दिएन, अभिनेताको रुपमा उनको आगामी बाटो, चरित्र चित्रण र फिल्म बुझाइमा परिवर्तन ल्याइदियो ।

उनी यतिबेला गम्भीर, कथामुखी र समाजसँग जोडिएका भूमिकातर्फ मोडिएका छन् । हालैको अपरान्ह उनी अनलाइनखबरको स्टुडियोमा आगामी फिल्म ‘महाभोज’बारे गफिए ।

उनले भने, ‘पछिल्लो समय मैले आफैलाई पुनः खोज्ने प्रयास गरिरहेको छु । अब म केवल हिरो हैन, कथाभित्र बाँचेको पात्र बन्न चाहन्छु ।’

‘पुजार सार्की’ हिट भएपछि आर्यनले ‘महभोज’ साइन् गरे । यो फिल्म १५ जेठदेखि प्रदर्शन तयारीमा छ । सामाजिक कथावस्तुमा निर्माण भएको यो फिल्मले सहकारी ठगी र संकटले राजनीति, परिवार र समाजमा ल्याउने द्वन्द्वको कथा भन्छ । ट्रेलर हेर्दा, फिल्ममा आर्यनको भूमिका पनि रोचक देखिन्छ ।

यो फिल्मबारे आर्यनले भने, ‘महाभोजमा देखिएको कथा हाम्रो समाजसँग धेरै नजिक छ । सहकारीजस्ता संरचनामा आइरहेका विकृति, त्यसको प्रभाव र मानिसबीचको सम्बन्ध यो फिल्मले उठाएको छ ।’ यसअघि दिनेश राउत निर्देशित ‘पूजार सार्की’मा काम गरिसकेकाले पनि आर्यनलाई त्यही टीमको नयाँ फिल्ममा काम गर्न सहज भयो ।

दिनेश र आर्यन बाल्यकालदेखिका मिल्ने साथी हुन् । राउतको डेब्यु निर्देशकीय फिल्म ‘आइएम सरी’मा आर्यन हिरो थिए । त्यसपछि पनि अहिलेसम्म यी दुईको सहयात्रा लोभलाग्दो छ ।

‘पूजार सार्की’लाई घुम्ती मान्ने हो भने त्यसअघि आर्यनको छवि लभरब्वाइ अर्थात चकलेटी हिरोको रुपमा रह्यो । त्यसपछि उनी उनले चरित्रमा जीवन बाँचेका छन् । दर्शकको रुचिमा आएको परिवर्तनलाई स्वीकार्दै आफू पनि समय अनुसार ढल्नुपर्छ भन्ने सोचमा उनी छन् । पटकथा, पात्र र टीमका आधारमा मात्र फिल्म रोज्ने गरेका उनले अब अभिनयसँगै फिल्म निर्माणको पक्षप्रति पनि गहिरो चासो राख्न थालेका छन् ।

के अब उनी चकलेटी हिरोको भूमिकामा फर्किने छन् त ? जवाफमा उनले भने, ‘यदि राम्रो स्क्रिप्ट आयो भने, म फेरि पनि त्यस्तो भूमिका गर्न सक्छु । तर अहिले म पात्रको गहिराइमा जाने कोसिस गर्दै छु ।’

‘महाभोज’ फिल्मलाई लिएर उनी आशावादी सुनिए । ‘पुजार सार्की’को सफलतापछि दर्शकको विश्वास बढेको र ‘महाभोज’को कथा गहिरोरुपमा समाजसँग जोडिएकाले दर्शकले आत्मसात गर्ने विश्वास उनले राखे ।

आर्यनको यो फिल्मी यात्राले उकालो पनि देख्यो र ओरालो पनि । कुनै बेला उनी सुपरस्टार थिए । भ्याइनभ्याइ थियो । निकै डिमान्डेड कलाकार । सिंगल स्क्रिनदेखि मल्टिप्लेक्ससम्म उनी अनिवार्य अनुहार थिए । जब फिल्म निर्माणको शैली र चरित्रमा बदलाव आयो, आर्यनको करिअरमा सुस्तता छायो ।

बीचमा कतै अलमलिए । दर्शकको परिवर्तित स्वाद र ‘स्टोरियोटाइप’ अभिनयले गर्दा आर्यन मात्र होइन, एउटै भूमिकामा देखिँदै आएका अन्य हिरो पनि संकटमा परे । यो ‘डाउनफल’लाई आर्यन जीवनको सबैभन्दा महत्वपूर्ण सिकाइको कालखण्ड मान्छन् ।

उनी भन्छन्, ‘पछाडि फर्केर हेर्दा त्यो ओरालोको समयको मूल्य अझै बुझ्न सकिन्छ । फिल्म क्षेत्रमा टिकिरहन केवल लोकप्रियता होइन, बदलिँदो समयसँगै आफूलाई ढाल्न सक्ने क्षमता चाहिन्छ भन्ने कुरा उनले त्यतिबेलै महसुस गरे । त्यही क्रममा उनले आत्मसमीक्षा गरे । अभिनयमा चुनौती खोज्न थाले र ‘पुजार सार्की’ जस्तो गम्भीर कथामा प्रवेश गरे ।

अब उनी केवल ‘हिरो’ बन्ने होइन, ‘चरित्रमा हराउने अभिनेता’ बन्ने चाहना राख्छन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
iran-1

मध्यपूर्वको द्वन्द्व अन्त्यका लागि कूटनीति उपाय अपनाउन...

  • १४ घण्टा अगाडि
InShot_20260228_150120445-scaled

उम्मेदवार पाएर उत्साहित हुप्सेकोट, सय जना कांग्रेसमा...

  • १४ घण्टा अगाडि
namrata_sapkota

नम्रता सापकोटा विवाह बन्धनमा बाँधिएकी हुन् ?

  • ५ दिन अगाडि
congress

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved