Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

‘कर्मा’को ट्रेलरमा सिस्टमविरुद्ध लडेका विपिन, यस्तो छ ‘एन्टीहिरो’ अवतार

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ९ महिना अगाडि

काठमाडौं । विपिन कार्की स्टारर ‘एन्टीहिरो एक्सन’ फिल्म ‘कर्मा’को ट्रेलर युट्युबमा सार्वजनिक भएको छ । ३ मिनेट लामो ट्रेलरले कथावस्तु र चरित्र चित्रणबारे महत्वपूर्ण प्रकाश पार्छ ।

‘नाका’मा एक्सन रोलमा देखिएको ७ वर्षपछि अभिनेता कार्की एक्सन फिल्ममा फर्किएका हुन् । एक्सन कोरियोग्राफी, द्रुत सम्पादन र छायांकन स्टाइलले ट्रेलरलाई आकर्षक तुल्याएको छ ।

फिल्मका शीर्ष कलाकार विपिनसहित उपासनासिंह ठकुरी, मुकुन भुसाल, दिब्यदेव पन्त लगायतलाई ट्रेलरमा देखाइएको छ । विपिनलाई एन्टीहिरो रुपमा प्रस्तुत गरिएको छ । आफूलाई व्यवस्थाले अपराधी बनाएको भन्दै विपिनको पात्र प्रणालीविरुद्ध आक्रोशित देखिन्छ ।

मुकुन लिड एन्टागोनिस्ट चरित्रमा छन् । उपासनालाई विपिनकी ‘लभ इन्ट्रेस्ट’को रुपमा देखाइएको छ । दिब्यदेव प्रहरी अफिसको चरित्रमा छन् । सरिता गिरी विपिनकी आमाको भूमिकामा छिन् । मुख्यतः फिल्मको कथा यी ४ पात्र वरपर घुम्छ । अपराध, तस्करी, प्रहरी र बदलाको नेक्सस वरपर कथा घुमेको छ ।

निर्देशक सौरभ चौधरीको अघिल्लो पुलिस ड्रामा ‘अगस्त्य’ले मानव बेचबिखनलाई रोक्न प्रहरीले चालेको अप्रेसनको कथा भनेको थियो । उनले ‘लभ डायरिज’बाट निर्देशनमा डेब्यु गरेका थिए ।

‘अगस्त्य’जस्तै मुड, रङ र युनिभर्समा चौधरीले ‘कर्मा’लाई खिच्ने प्रयत्न गरेका छन् । सुशान्त केसीको ‘पागल गीत’ले ट्रेलरलाई आकर्षक तुल्याउँदा ओएसटी पनि कर्णप्रिय छ ।

तपाईंलाई एक्सन फिल्ममा रुचि छ भने ‘कर्मा’ दर्शनीय हुनसक्छ । वसन्त लम्सालको लगानी रहेको फिल्मलाई आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो । ‘कर्मा’ २९ चैतमा प्रदर्शन तयारीमा छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Aaryan-Sigdel-768x470

म्युजिकल फिल्म बानीको टिजर

  • २ दिन अगाडि
Yoga0

आज विश्व ध्यान दिवस

  • २ दिन अगाडि
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • ४ दिन अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • ४ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved