Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा ‘अक्षरको यात्रा’ कला प्रदर्शनी सुरु

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ९ महिना अगाडि

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभागको आयोजनामा ‘अक्षरको यात्रा’ कला प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीको बुधवार शुभारम्भ गर्दै काठमाडौँ महानगरपालिका उपप्रमुख सुनिता डङ्गोलले कला र संस्कृतिको संरक्षणले मात्रै मुलुक समृद्ध बन्ने विचार व्यक्त गरिन् । उनले कलाले मानिसलाई सिर्जनात्मक तबरले अगाडि बढ्न अभिप्रेरित गर्ने बताउँदै यसको विकासमा सबै लाग्नुपर्ने धारणा राखिन् । उपमेयर डंगोलले भनिन्, ‘नेपालका विभिन्न लिपिहरू छन्, ती लिपिहरूलाई प्रदर्शनीमा ल्याउन यस्ता प्रदर्शनीहरू एकदमै महत्वपूर्ण हुन्छन् । नेपालका धेरैभन्दा धेरै लिपि जुन हराइएका छन्, हराउने क्रममा छन्, ती लिपिहरूलाई अझै संवर्धन, प्रवर्धन गर्न यस प्रदर्शनीले भूमिका खेलोस् ।’

उनले प्रदर्शनीमा राखिएका कलाकृतिमा क्रान्ति, स्नेह, भविष्य, इतिहास, वर्तमानका विविध पक्ष रहेको आभास आफूले पाएको सुनाउँदै आर्ट गर्ने, इतिहास, लिपिसँग चासो राख्नेलाई समेट्दै जानुपर्नेमा जोड दिइन् ।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले अक्षर आफैँमा एक अक्षर मात्र नभएर भाव व्यक्त गर्ने तथा कलाको सौन्दर्यलाई प्रकट गर्ने पक्ष भएको बताए । उनले भने, ‘कलालाई सुन्दर र भावानात्मक ढंगले अभिव्यक्त गर्न अक्षरको भूमिका विशेष रहन्छ ।’ उनले अक्षरलाई रङ, रेखा र आकारसँग जोडेर विम्बीकरण गरी सूचना सम्प्रेषण गर्न सकिने र लालित्यको दृष्टिले पनि अक्षरलाई सम्बोधन गर्न सकिने बताए । कुलपति हार्तम्छालीले यो कार्यक्रम सुरुवात भएको र आगामी दिनमा अझ परिष्कृत रूपमा बढ्ने जिकिर गरे । उनले प्रदर्शनीमा राखिएका कलाले सामाजिक, सांस्कृतिक, प्राकृतिक तथा मनोवैज्ञानिक पक्षलाई कलात्मक रुपमा उठाएको बताए ।

कुलपति हार्तम्छालीले भने, ‘प्रदर्शनीमार्फत कलाकारले आफ्नो मनोभावलाई सिर्जनशील रुपमा उठाएका छन् । साथै समाजमा विद्यमान परिवेश र आवश्यकतालाई आत्मबोध गर्दै अझ गहन रुपमा कलाकृति सिर्जना हुनुपर्दछ ।’

प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले विश्वमा लेखन प्रक्रियाको थालनी इसापूर्व ४ हजार वर्षअघि मेसोपोटामियामा भएको जनाउँदै ती ध्वनि प्रतीक चिह्न नै आजको लिपिको प्रारम्भिक रूप भएको बताए । उनले नेपालका अन्य लिपिलाई समेत समेट्दै कार्यक्रमको अर्को संस्करण बृहत् बनाउने धारणा राखे ।

बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारीले आजको युगमा अक्षरबिनाको केहीको कल्पना नै गर्न नसकिने बताइन् । उनले मानव सभ्यताको प्रारम्भ साङ्केतिक रेखाबाट भएको सुनाउँदै साङ्केतिक रेखाले हामीलाई भाषा, संस्कृतितर्फ अगाडि बढ्न सिकाएको जिकिर गरिन् ।

उनले भनिन्, ‘भाषालाई बोलीचालीको रुपमा बुझ्न ध्वनी प्रतीक चिन्हले सहज बनाएको छ । ध्वनी प्रतीक चिन्ह भाषैपिच्छे फरक फरक ढङ्गले अभिव्यक्त भएको पाइन्छ । यसरी नै हरेक जातजातिले आफ्नो भाषालाई महत्व दिएर आफ्नो पहिचान बोकेको छ । नेपालमा प्रचलित कतिपय भाषाका आफ्नै लिपि छन् । यिनै लिपिलाई कलात्मक रूपले कलाकारहरूले आफ्नो भावानुभूतिलाई देखाएर कलाकृति सिर्जना गरेको हुन्छ । कलाकृति सिर्जनामा एउटा अक्षर तथा शब्दले ठूलो अर्थ लिएको हुन्छ ।’

दर्शनधारीले लिपिलाई आधार मानेर प्रतिष्ठानले कला प्रदर्शनी गरेको बताउँदै अक्षरलाई महत्व दिएर गर्न गरिएको यस प्रदर्शनीमा राखिएका कलामा रङ, रेखा र भावानुभूतिको समिश्रण रहेको सुनाइन् । उनले कलाकारले अक्षर÷शब्द÷लिपिमा केन्द्रित रहेर रचना गरेका कलाकृतिमा समाज, राष्ट्र तथा विश्वका विविध परिवेशलाई उठान गरेको विचार व्यक्त गरिन् । उनले भनिन्, ‘आ–आफ्नो भाषासँग आ–आफ्नो लिपि हुन्छ । त्यही लिपिलाई कलाकारले आफ्नो भावना समेट्दै कलाकृति सिर्जना गर्नुभएको हो ।’ कार्यक्रममा प्रदर्शनीमा सहभागी कलाकारहरूलाई प्रमाणपत्र तथा प्रमुख अतिथिलाई मायाको चिनो प्रदान गरिएको थियो ।

चैत २५ गतेसम्म चल्ने प्रदर्शनीमा नारदमणि हार्तम्छाली, किरण मानन्धर, के.के. कर्माचार्य, वत्सगोपाल वैद्य, मदन चित्रकार, राधेश्याम मुल्मी, लालकाजी लामा, पाल्साङ्मो लामा, सौरगंगा दर्शनधारी, दिनेश्वर महतो, संजय बान्तवा, अरुणा हिङमाङ, बुद्धि गुरुङ, धनबहादुर याख्या, सुन्दर सिंख्वाल, चन्द्रकुमार राई, भाइराजा महर्जन, राजन काफ्ले, केशव राज खनाल, पृथ्वी श्रेष्ठ, सागर मानन्धर, सम्झना राजभण्डारी, प्रद्युम्न श्रेष्ठ, छिरिङ फोन्जो गुरुङ, अनिल शाही, मनोज तामाङ योञ्जन, मुना भडेल, नवीन नाल्वो, कृष्ण लामा, हरिओम मेहता, किशोर नकर्मी, राजन महर्जन, जयशङ्करसन श्रेष्ठ, मनरा प्रजापति, विनिशा मल्ल, आनन्दकुमार महर्जन, सर्जु कपाली, मनोरमा खत्री, रुवी श्रेष्ठ, जेनी घले, विद्यमान तामाङ, तिसा श्रेष्ठ, विजेन्द्र श्रेष्ठलगायतका कलाकारले सहभागिता जनाएका छन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Aaryan-Sigdel-768x470

म्युजिकल फिल्म बानीको टिजर

  • २ दिन अगाडि
Yoga0

आज विश्व ध्यान दिवस

  • २ दिन अगाडि
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • ४ दिन अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • ४ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved