Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

ऋतिकको निर्देशनमा ‘क्रिश–४’ बन्ने

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ९ महिना अगाडि

मुम्बई । बलिउड अभिनेता ऋतिक रोशन फिल्म ‘क्रिश–४’ मार्फत निर्देशनमा हात हाल्न लागेका छन् । यो कुराको घोषणा उनका बुबा राकेश रोशन आफैँले सामाजिक सञ्जालमा गरेका हुन् ।

निर्देशनको जिम्मेवारी अब छोरा ऋतिकलाई सुम्पिरहेको उनले बताए । फिल्म राकेश रोशन र आदित्य चोपडाले संयुक्त रूपमा निर्माण गर्ने बताइएको छ । राकेश रोशनले आफ्नो इन्स्टाग्राममा ऋतिक रोशनसँगको तस्बिर सेयर गरेका छन् । यसको क्याप्सनमा उनले लेखेका छन्, ‘२५ वर्ष पहिले मैले तिमीलाई अभिनेताको रूपमा लन्च गरेको थिएँ र २५ वर्षपछि म तिमीलाई निर्देशकको रूपमा लन्च गर्दैछु ।’

ट्रेड एनालिस्ट तरण आदर्शले पनि सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै ऋतिक रोशनले निर्देशनमा डेब्यु गर्ने कुराको पुष्टि गरेका छन् । उनले आफ्नो फिल्म ‘क्रिश–४’ बाट निर्देशनमा डेब्यु गर्नेछन् । यो फिल्म आदित्य चोपडा र राकेश रोशनले निर्माण गर्नेछन् ।

‘म क्रिश–४ को निर्देशन मेरो छोरा ऋतिक रोशनलाई सुम्पिरहेको छु, जसले यो फ्रेन्चाइजीको सुरुआतदेखि नै मसँगै यसलाई जिएका छन् । महसुस गरेका छन् र यसको सपना देखेका छन् । ऋतिकसँग दशकौँदेखि दर्शकहरूसँग कृषको यात्रालाई अगाडि बढाउने दृष्टिकोण छ । उनी हाम्रो परिवारका लागि धेरै अर्थ राख्ने फिल्मको निर्देशक बन्न लागेको देख्दा मलाई धेरै गर्व लागेको छ ।’ राकेश रोशनले भनेको भन्दै पिंकभिल्लाले समाचारमा भनेको छ ।

मिडिया रिपोर्टका अनुसार ‘क्रिश–४’ को स्क्रिप्ट तयार छ र यसको प्रि–प्रोडक्सनको काम तीव्र गतिमा भइरहेको छ । फिल्मको छायांकन अर्को वर्षको सुरुमा हुने बताइएको छ । ‘क्रिश–४ लाई आदित्य चोपडाले निर्माण गर्नेछन् । म धेरै खुसी छु कि उनी ऋतिकद्वारा निर्देशित हुन राजी भए ।’ राकेश रोशनले अगाडि भनेका छन् । राकेश रोशनले सन १९७० मा फिल्म ‘घर घर की कहानी’बाट अभिनेताको रूपमा आफ्नो करियर सुरु गरेका थिए ।

यस फिल्ममा उनी सहायक भूमिकामा देखिएका थिए । उनले अभिनेताको रूपमा धेरै कम चलचित्रमा काम गरेका छन् । यसपछि, १९८० मा उनले आफ्नै निर्माण कम्पनी खोले र सोही वर्ष फिल्म ‘आप के दिवाने’ बनाए । तर यो फिल्म बक्स अफिसमा ठुलो फ्लप सावित भयो । यद्यपि, यसबाहेक उनले ‘किङ अंकल’, ‘कोयला’, ‘कहो ना प्यार है’, ‘कोई मिल गया’, ‘करण–अर्जुन’, ‘क्रिश’ र ‘क्रिश–२’ जस्ता फिल्महरू निर्देशन गरेका छन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Aaryan-Sigdel-768x470

म्युजिकल फिल्म बानीको टिजर

  • २ दिन अगाडि
Yoga0

आज विश्व ध्यान दिवस

  • २ दिन अगाडि
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • ४ दिन अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • ४ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved