नबराज अधिकारी
नवलपरासी पूर्व । बिगत एक दशकदेखी नेपाली कला पत्रकारितामा सक्रिए गोपिकृष्ण चापागाईंलाई राष्ट्रिय डिजिटल मिडिया चलचित्र पत्रकारिता अवार्ड २०८१ प्रदान गरिएको छ । बुधबार (चैत १३) गते न्युज एक्प्रेस मिडिया प्रा.ली.द्धारा आयोजीत दोस्रो राष्ट्रिय डिजिटल मिडिया अवार्ड २०८१मा चापागाईंलाई रंग पत्रकारितामा दिएको योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गरिएको हो ।


समारोहमा उहाँले प्रतिनिधि सभाकी उप सभामुख इन्दिरा राना मगर, सांसद गणेश पराजुली, अनलाइन टीभी पत्रकार संघका अध्यक्ष जीवन भण्डारी लगायतका अतिथिबाट अवार्ड ग्रहण गर्नुभयो ।



पत्रकार चापागाईंले अवार्ड पाएसँगै डिजिटल मिडियाको क्षेत्रमा आफूले अझै धेरै गर्न र सिक्न बाँकी भएको बताएका छन् । यो किसिमको अवार्डले मलाई केहि हौसाएपनि थप जिम्मेवार बनाएको महसुस गरेका छु । अहिले डिजिटल मिडिया निकै धेरैछन् त्यसमा फरक भएर दर्शकमाफ विश्वसनियता बढाउनु आवश्यक छ । पत्रकार चापागाईंले भन्नुभयो । मलाई योग्य सम्झेर अवार्ड प्रदान गर्नुहुने आयोजक प्रति धन्यवाद ब्यक्त गर्छु ।

पत्रकार चापागाईं बिशेषगरी कला पत्रकारीतामा चलचित्र, म्युजिक भिडिओ, नाटक लगायतका बिधामा रिपोर्टिङ गर्नुहुन्छ । उहाँले सन् २०१५ देखी आर्टिष्ट खबर डटकम अनलाइनको प्रकाशक तथा सम्पादकको भुमिका निभाउँदै आउनुभएको छ । उहाँले लिएका भिडिओ अन्तर्वार्ता आधिकारीक युट्युव तथा फेसबुक पेजमा हजारौंको संख्यामा हेर्न सकिन्छ ।
उहाँले गृहजिल्ला नवलपरासी (बर्दघाट सुस्ता पुर्व) नवलपुरमा रहेका रेडियोसँगै देवचुली टेलिभिजनमा समाचार वाचनसँगै काठमाडौंमा रहेर हिमालय टाइम्स राष्ट्रिय दैनिक, हिमालय टेलिभिजनमा पनि काम गरिसक्नुभएको छ ।
दोस्रो राष्ट्रिय डिजिटल मिडिया अवार्ड २०८१ अन्तर्गत वरिष्ठ पत्रकार हरिहर बिरहीलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ले सम्मानित गरिएको थियो । यसैगरी, पत्रकारहरू जगदीश खरेल, ठाकुर बेल्बासे, ममता थापा, रोहित भण्डारी, सञ्जीव रेग्मी, केशवराज जोशी, नवराज कुँवर, भोजराज थापालगायतलाई सम्मान गरिएको थियो ।








