Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

पोखरामा पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ हुँदै

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • १ वर्ष अगाडि

लोक तथा दोहोरी गायक पुरूषोत्तम न्यौपानेको एकल सांगीतिक साँझ हुने भएको छ । पोखरामा २२ चैतमा हुने ‘पुरूषोत्तम न्यौपाने सांगीतिक साँझ’ मा न्यौपाने गुन्जिनेछन् ।राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले पोखरा सभागृहमा आयोजना गरेको यो साँझमा गायक न्यौपानेले आफ्ना रूचाइएका गीतहरू लाइभ बाजामा प्रस्तुत गर्नेछन् ।

दिउँसो ३ बजेदेखि सुरू हुने कार्यक्रममा उनले गीतमा सहकार्य गरेका केही चर्चित गायिकाले समेत न्यौपानेलाई प्रस्तुतिमा साथ दिनेछन् । थुप्रै चर्चित लोक तथा दोहोरी कलाकारहरूसमेत सहभागी हुनेछन् । आयोजक दोहोरी गीत प्रतिष्ठान सांगीतिक साँझको तयारीमा लागिसकेको छ । सांगीतिक साँझलाई भव्य बनाउने गरी आफूहरूले तयारी गरिरहेको प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले बताइन् ।

प्रतिष्ठानले गत वर्षदेखि १ जना अग्रज लोकदोहोरी कलाकारको सांगीतिक साँझ आयोजना गर्न सुरू गरेको हो । गतवर्ष पहिलो कार्यक्रम काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा वरिष्ठ गायक तथा संगीतकार नारायण रायमाझीको सांगीतिक साँझ आयोजना गरिएको थियो ।

प्रतिष्ठान अध्यक्ष रीता थापा मगरले संस्थाको नारा नै अग्रजलाई सम्मान, नयाँ–प्रतिभालाई प्रोत्साहन रहेको बताउँदै अग्रजको सम्मानका लागि यसरी सांगीतिक साँझ कार्यक्रम गरिएको बताइन् ।‘गत वर्षको कार्यक्रममार्फत हामीले केही हदसम्म सम्मान दिन सक्यौँ जस्तो लाग्छ’, उनले भनिन्, ‘यसपालिको कार्यक्रम पनि त्यस्तै भव्य हुने विश्वास छ ।’

गायक पुरूषोत्तम न्यौपाने ३ दशकभन्दा लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय छन् । एक हजारभन्दा बढी गीतमा स्वर दिएका उनका ‘घामजस्तो चम्किलो जुन हुँदैन, सररर पानीघट्टामा, रून्छ नि मन किन रूँदैन, मिर्मीमुनि काली थुनेको, ढुंगेधारामा, झिलझिल सितारा, देउरालीमा धजा’ लगायतका गीत चर्चित छन् ।

गायक न्यौपाने वर्षौंदेखि पोखरा बसेर सांगीतिक यात्रालाई अगाडि बढाइरहेका छन् । सोही कारण पनि यसपालि काठमाडौँमा नभएर पोखरामा सांगीतिक साँझको आयोजना गरिएको दोहोरी गीत प्रतिष्ठानले जनाएको छ । पुरूषोत्तम न्यौपाने दोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्षसमेत हुन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • ३ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • ३ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • ३ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • ३ वर्ष अगाडि

ताजा खबरहरु

सबै
khall

घरेलु मैदानमा मेक्सिकोको शान, ४० वर्षपछि नकआउट...

  • २ महिना अगाडि
asar 15

लोक सञ्चारकर्मी नेपालको रोपाइँ दिवस : राजु...

  • २ महिना अगाडि
GOAL-Multiple-Images-2-Split-Facebook-2025-12-08T221814.543.jpg-1024x576

आइभरी कोस्टलाई पराजित गर्दै नर्वे अन्तिम १६...

  • २ महिना अगाडि
director-speaking-1024x768

काठमाडौँमा चिनियाँ चलचित्र महोत्सव : ‘तियानतान अवार्ड...

  • ३ महिना अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved