Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

पाँचौ एपिक नेपाल म्युजिक अवार्डबाट विभिन्न व्यक्ति अवार्डित

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • १ वर्ष अगाडि

पाँचौ एपिक नेपाल म्युजिक अवार्ड सम्पन्न भएको छ । एपिक नेपाल म्युजिक अवार्ड २०८१ को पाँचौ संस्करण मध्यपुर थिमी भक्तपुरस्थित दुई पोखरी परिसरमा आइतबार सम्पन्न भएको हो । अवार्ड कार्यक्रममा अतिथिहरुलाई स्वागत स्वरुप विभिन्न झाँकी र बाजागाजासहित शंखधर चोक देखि कार्यक्रम स्थलसम्म पैदल लगिएको आयोजकले जनाएका छन् ।

प्रथम महिला श्रीमती राधिका शाक्यको प्रमुख आतिथ्यता, आयोजक संस्थाका अध्यक्ष एमन श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमका विशिष्ट अतिथिहरुमा सांसद महेश बस्नेत, थिमि नगरपालिकाका निवर्तमान नगरप्रमुख मदन सुन्दर श्रेष्ठ, म्युजिक भिडियो निर्देशक समाजकी अध्यक्ष बबिता श्रेष्ठ, अभिनेता शीव श्रेष्ठ, द्वन्द्व निर्देशक राजेन्द्र खड्की लगायतका व्यक्तित्वहरु रहेका थिए ।

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ सम्पन्न अवार्डमा लोकसंगीतमा क्रियाशील तथा नवप्रतिभाका सर्वोकृष्ट रचनाको साथै आधुनिक, पप, लोकपप, पर्व विशेष, काँठे र देउडा, चलचित्र गरि ३२ विधामा अवार्ड प्रदान गरिएको थियो भने लाईफटाइम एचिपमेन्ट अवार्ड कलाकार बसुन्धरा भुसाललाई नगदसहित प्रदान गरिएको आयोजक एमन श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी पत्रकारद्वय ऋषि धमला र ऋषि थपलियालाई नगद राशीसहित सम्मान गरिएको छ । कार्यक्रममा आख्यानकार एवं गीतकार भीष्मराज फुलारा, अभिनेता भुवन केसी र पल शाह लगायतका श्रष्टा, सर्जकलाई सम्मान गरिएको कार्यक्रम संयोजक राजेन्द्र पुरीले जानकारी दिए । निर्णायकमा रस्मि पाण्डे, दिल बहादुर ओखेडा, सुभ्रतराज आचार्य, चन्द शर्मा, प्रकाश भट्ट रहेका थिए ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
pashupati-pakrau

अक्षय तृतीया : देशभरका शिवालयमा भक्तजनको घुइचो

  • १० घण्टा अगाडि
chalachitra-patrakar-1024x605

चलचित्र पत्रकार संघको अध्यक्षमा पुनः समीर बलामी...

  • १० घण्टा अगाडि
sudhan-gurung-1

विवादमा तानिएपछि गृहमन्त्री गुरुङको स्पष्टीकरण– अनुसन्धानमा सहयोग...

  • ११ घण्टा अगाडि
petrol_pump_201812040520381680571811

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, डिजल र मट्टीतेलको...

  • ४ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved