Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

एलिनाले टुंग्याइन् विष्णुसँगको वैवाहिक सम्बन्ध

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • १ वर्ष अगाडि

काठमाडौँ । पछिल्लो समयकी लोकप्रिय गायिका एलिना चौहानले श्रीमान् विष्णु सापकोटासँगको वैवाहिक सम्बन्ध टुंग्याएकी छन् । लामो समयको प्रेम सम्बन्धपछि वैवाहिक बन्धनमा जोडिएका एलिना र विष्णुको सम्बन्ध अदालती प्रक्रियायाबाट अन्त्य गरेकी हुन् । विगतदेखि नै सामाजिक सञ्जालमा व्यापक चर्चाको विषय बनेको यी २ जोडीको प्रेम भावदेखि वैवाहिक सम्बन्ध पछिल्लो समय टुंगिएको हो ।

 

गायिका एलिनाले मंगलबार अदालती प्रक्रियाबाट सम्बन्ध टुंगिएसँगै आफू र पूर्वपति विष्णुलाई स्वतन्त्र भएर कानुनी रूपमै आ–आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको बताइन् । उनले जीवनमा नसोचोको कुरा भेग्नुपर्ने कठिनाई घडीको सुईले कति बेला बाटो बदल्छ भन्ने पनि पत्तो नहुने महसुस भएको बताइन् । एलिनाले भनिन्, ‘अग्निलाई साक्षी राखेर ७ फेरा लगाउँदा गलेका खुट्टाहरू अझै उस्तै छन्, उहाँको हातले रंगिएको मेरो सिउँदो अनि सिन्दुरका डोबहरू अझै उस्तै छन् ।’

 

यसै वर्ष गत वैशाखमा धुमधामसँग विवाह गरेका यी जोडीलाई त्यति बेला धेरै कलाकारहरू र शुभचिन्तकहरूले निर्धक्कसँग शुभकामना दिएका थिए । तर, यति छिट्टै वैवाहिक सम्बन्ध अन्त्य हुँदा सबै आश्चर्य र दुःखी भएका छन् । गायिका एलिना झापाकी हुन् भने विष्णु बागलुङका हुन् । तर, विष्णु अस्ट्रेलिया बस्दै आएका छन् ।

 

यही सम्बन्धविच्छेदको प्रसंगमा एलिनाले जिन्दगीमा ठूलो ठक्कर खाएको बताइन् । साथै, उनले अल्पायुमै पूर्णविराम लागेको समेत उल्लेख गरिन् । एलिना र विष्णुको सम्बन्धविच्छेदको मुद्दा काठमाडौँ जिल्ला अदालतले टुंग्याएको हो ।

 

मंगलबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश मोना सिंहको इजलासले अंश र मानाचामल नलिने गरी सम्बन्धविच्छेदको मुद्दा टुंगो लगाएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
iran-1

मध्यपूर्वको द्वन्द्व अन्त्यका लागि कूटनीति उपाय अपनाउन...

  • १४ घण्टा अगाडि
InShot_20260228_150120445-scaled

उम्मेदवार पाएर उत्साहित हुप्सेकोट, सय जना कांग्रेसमा...

  • १४ घण्टा अगाडि
namrata_sapkota

नम्रता सापकोटा विवाह बन्धनमा बाँधिएकी हुन् ?

  • ५ दिन अगाडि
congress

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved