Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

४ करोड मूल्यको नयाँ घरमा सरिन् शान्तिश्री परियार

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • १ वर्ष अगाडि

काठमाडौं । गायिका शान्तिश्री परियारलाई भाग्यले साथ दिएको हुनुपर्छ । उनी अहिले युट्युवमा सर्वाधिक सुनिने संगीतकर्मी हुन् । पछिल्लो साता उनका दुई गीतले प्लाटफर्ममा इतिहास रचे ।

उनको स्वर रहेको ‘रुकुम मैकोट’ छोटो समयमै १० करोड भ्यूज पाउने पहिलो नेपाली गीत बन्यो । उनको अर्को गीत ‘अरेली काँडैले’ युटयुवमा १० करोड भ्यूज पाउने पहिलो लोकगीत बन्यो ।

 

शान्तिश्री अहिलेको डिमान्डेड गायिका हुन् । रोल्पाको दुर्गम गाउँको निम्न मध्यमवर्गीय परिवारमा जन्मिएकी शान्तिश्रीले कलाकर्मबाटै सम्पत्ति जोड्न सकिन्छ भन्ने सन्देश पनि दिएकी छन् । उनले हालै गोंगबुको गणेशस्थानमा ४ करोड मूल्य पर्ने घर किनिन् ।

केही दिनअघि उनी यो नयाँ घरमा सरेकी छिन् । यसअघि उनी सामाखुसीमा भाडाको घरमा बस्दै आएकी थिइन् । २०६८ सालमा उनले धादिङका नारायण भुजेलसँग विवाह गरिन् । उनीहरूका ४ वर्षकी एक छोरी छिन् ।

 

उनको गायन सफलता लोभलाग्दो छ । कुनै समय गिट्टी कुट्ने काम समेत गरेकी उनी सांगीतिक क्षेत्रमा भविष्य बनाउन २०६४ सालमा काठमाडौं आएकी थिइन् । राजधानीमा उनले दोहोरी साँझमा काम गर्दै गायन यात्रालाई अगाडि बढाइन् । २०७४ सालमा सार्वजनिक ‘बोल माया’ बोलको गीतपछि उनी सधैं चर्चाको शिखरमा रहिन् । त्यसयता ‘गलबन्दी’, ‘अरेली काँडैले’ हुँदै ‘रूकुम मैकोट’ सम्म आउँदा उनका दर्जनौं गीत सुपरहिट छन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
pashupati-pakrau

अक्षय तृतीया : देशभरका शिवालयमा भक्तजनको घुइचो

  • २ दिन अगाडि
chalachitra-patrakar-1024x605

चलचित्र पत्रकार संघको अध्यक्षमा पुनः समीर बलामी...

  • २ दिन अगाडि
sudhan-gurung-1

विवादमा तानिएपछि गृहमन्त्री गुरुङको स्पष्टीकरण– अनुसन्धानमा सहयोग...

  • २ दिन अगाडि
petrol_pump_201812040520381680571811

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, डिजल र मट्टीतेलको...

  • ६ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved