Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

‘भूठान’ले पायो अमेरिकामा डिस्ट्रिब्युटर

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • १ वर्ष अगाडि

काठमाडौँ । हरिवंश आचार्यको मुख्य भूमिका रहेको ‘भूठान’लाई अमेरिका र क्यानडामा हलिउडको डिस्ट्रिब्युटर कम्पनी ‘बफेलो एट’ले वितरण गर्ने भएको छ । अमेरिकामै रहेका यसका एक निर्माता राजेन्द्र ठकुराठीका अनुसार फिल्म वितरका लागि डाइरेक्टर ज्याकब सिल्भेरासँग सम्झौता भएको हो ।

बफेलो एटले यसअघि अस्कर अवार्डमा गएको फिल्म ‘विमेन अफ द आवर’लगायत टेरिफाएर थ्रि, निकोलस केज अभिनीत फिल्म ‘आर्केडियन’, रोबर्ट डि निरो अभिनीत ‘वास मि इन द रिभर’ पनि वितरण गरिसकेको छ ।

अंग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो फिल्मको मुख्य भूमिकामा हरिवंश आचार्यको अलवा दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द लामा, रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी साथै हलिउडका विश्वविख्यात अभिनेता बु्रस डर्नको मुख्य भूमिका छ । हलिउडको साग अफ्ट्राअन्तर्गत रहेर बनेको यो पहिलो नेपाली फिल्म हो । जसमा हलिउडका केही प्राविधिकहरूले पनि काम गरेका छन् ।

सन् २०१३ मा आएको फिल्म साँघुरोबाट उत्कृष्ट पटकथा लेखनमा राष्ट्रिय चलचित्र पुरस्कार एवं २०१९ मा पहिलो ‘बुलबुल’ निर्देशन गरेर ९२औँ अस्कर अवार्डमा नेपालको तर्फबाट मनोनीत एवं नेपाल सरकारले प्रदान गर्ने सर्वोत्कृष्ट निर्देशकको राष्ट्रिय चलचित्र पुरस्कार पाएका विनोद पौडेलको यो दोस्रो चलचित्र हो । चलचित्रको प्रचारप्रसारका लागि निर्देशक पौडेल र अर्का निर्माता सुशांक मैनाली केही दिनअघि नेपाल आइसकेका छन् ।नेपालमा रहेका निर्माता अविरल थापा यस फिल्ममार्फत हरिवंश आचार्यको नयाँ जन्म हुने र नेपाली दर्शकले नेपाली निर्देशकले हलिउडमा गएर बनाएको विश्वस्तरको सिनेमाको स्वाद चाख्न पाउनेमा विश्वस्त रहेको बताउँछन् ।

भुटानदेखि भारत, नेपाल हुँदै अहिले अमेरिकामा बसोबास गरिरहेका भुटानीहरूले थातथलो छोड्नुपर्दा आफ्नो घर हराएको कथा र अस्तित्वको खोजसमेटेर बनेको यस चलचित्र ‘भूठान’को अधिकांश छायांकन अमेरिकामै भएको छ ।

फिल्मको प्रमुख निर्मातामा राजेन्द्र ठकुराठी, अमिताव जोशी र अविरल थापा, सुशांक मैनाली र किर्तना बाँस्कोटा छन् । साथै कार्यकारी निर्मातामा विकाश भिटो अधिकारी, कौशिला खनाल कर्माचार्य, रमेश भट्ट, अपार श्रेष्ठ र भुवन प्याकुरेल छन् । फिल्म सुसन प्रजापतिको छायांकन, अन्जय खड्काको सम्पादन, डिकेश खड्गी शाहीको ध्वनि, श्यामबरण केमको संगीत, सूर्य शाहीको कास्टिङ, उज्ज्वल श्रेष्ठको पब्लिसिटी डिजाइन, विमल सुवेदीको प्रोडक्सन डिजाइन, बलिउडका प्रख्यात कला निर्देशक अन्जन गजुरेलको कला निर्देशन रहको छ ।

फिल्मलाई ठकुराठी ब्रोज, भ्याकेन्ट लाइट, एभरेस्ट इन्टरटेनमेन्ट, अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन र अमेरिकाको म्याड मंकी फिल्मस्ले निर्माण गरेको हो । नेपालमा भने यसको वितरण आरआर फिल्मस् प्रोडक्सनले गर्नेछ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
iran-1

मध्यपूर्वको द्वन्द्व अन्त्यका लागि कूटनीति उपाय अपनाउन...

  • १३ घण्टा अगाडि
InShot_20260228_150120445-scaled

उम्मेदवार पाएर उत्साहित हुप्सेकोट, सय जना कांग्रेसमा...

  • १४ घण्टा अगाडि
namrata_sapkota

नम्रता सापकोटा विवाह बन्धनमा बाँधिएकी हुन् ?

  • ५ दिन अगाडि
congress

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved