Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

‘औरा’ कविता संग्रह ल्याउँदै राजवल्लभ : यहाँसम्म आइपुग्न ४३ वर्ष लाग्यो

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • १ वर्ष अगाडि

काठमाडौं । अभिनेता समेत रहेका राजवल्लभ कोइरालाले कविता संग्रह ‘औरा’ सार्वजनिक गरेका छन् । शनिबार आयोजित समारोहमा उनले आफ्नो साहित्यिक परिचयमा नयाँ प्वाँख थपे ।

आफूलाई यहाँसम्म आइपुग्न ४३ वर्ष लागेको उनले बताए । ‘कलाकार संवेदनशील हुन्छन्, कवि पनि । आज मेरो दुई पक्ष, कलाकार र कविले आत्मीयता पाएको अनुभूति गरेको छु । यहाँसम्म आइपुग्न मलाई ४३ वर्ष लाग्यो’ उनले भने ।

 

यो कृति छोरी औरामा समर्पित रहेको उनले बताए । ‘मेरो कविता मन पराउनेहरूले कहिलेकाहीँ कविता संग्रह निकाल्न आग्रह गर्नुहुन्थ्यो । यो पुस्तक मेरो छोरीका लागि एउटा उपहार हो, साथै मलाई माया गर्ने सबैका लागि पनि । पछिल्लो पटक ‘एक्टरः टेक वन’ फिल्मको छायांकन चलिरहँदा यस पुस्तकको तयारी भएको थियो’ उनले भने ।

आफू कवि नभएको, तर कवि भनेर माया पाएको बताउँदै कोइरालाले पछाडि फर्केर हेर्दा, आफ्ना पिताले पनि कहिलेकाहीँ कविता लेख्ने गरेको सम्झना गरे । ‘समाजमा देखिने दुःखहरूले मलाई गहिरो रूपमा प्रभावित पार्थे । हाम्रो घरमा गन्धर्वहरूले पीडाका गीत गाउने गर्थे, जसले मलाई झन् प्रभाव पार्‍यो । स्कुले जीवनमै कविता लेख्न थालेको थिएँ,” उनले भने ।

 

 

कोइरालाले आफ्नो छोरी औरा र श्रीमती प्रतिमालाई समर्पित गर्दै कविता वाचन गरे । पुस्तक विमोचन अवसरमा साहित्यकार विप्लव प्रतीक, पत्रकार दिलभुषण पाठक, फिल्म निर्देशक दीपाश्री निरौला, निर्माता तथा गीतकार अविरल थापालगायत सर्जक तथा साहित्यप्रेमीहरूले पुस्तकमा संग्रहित कविता वाचन गर्दै धारणा राखे ।

साहित्यकार विप्लव प्रतीकले पुस्तकको उत्कृष्ट डिजाइन र कविताहरूको गहिराइको प्रशंसा गरे । प्रतीकले आफूले राजवल्लभलाई पहिलो पटक अमेरिकाको ड्यालसमा भेटेको सम्झना गर्दै पहिलो भेटबाट नै घनिष्ठ रहेको बताए ।

‘औरा’ संग्रहलाई साहित्यपोस्ट डटकमले प्रकाशन गरेको हो । १०० भन्दा बढी कविता समावेश गरिएको संग्रहको आवरण कलाकार चिराग बाङ्देलले डिजाइन तयार गरेका छन् ।

कोइरालाको करिअरको सुरुवात पोखराको रेडियोबाट भएको थियो । सन् २००७ मा ‘पर्खी बसेँ’बाट फिल्ममा अभिनय यात्रा थालेका थिए । ९ वर्षको करिअरमा उनले ३ दर्जन फिल्ममा अभिनय गरेका छन् । लामो समयदेखि उनी अमेरिकाको मेरिल्याण्डमा बस्दै आएका छन् । उनले पुनरागमन गरेको फिल्म ‘एक्टर : टेक वन’ प्रदर्शन भैरहेको छ ।

तस्वीर : विवेक बस्याल

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
iran-1

मध्यपूर्वको द्वन्द्व अन्त्यका लागि कूटनीति उपाय अपनाउन...

  • १६ घण्टा अगाडि
InShot_20260228_150120445-scaled

उम्मेदवार पाएर उत्साहित हुप्सेकोट, सय जना कांग्रेसमा...

  • १७ घण्टा अगाडि
namrata_sapkota

नम्रता सापकोटा विवाह बन्धनमा बाँधिएकी हुन् ?

  • ५ दिन अगाडि
congress

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved