Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

कृषि, व्यापार र धार्मिक पर्यटन प्रवर्द्धनका लागि माघ ११ गतेबाट तेस्रो मध्यबिन्दु महोत्सव

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • १ वर्ष अगाडि

दीपक भट्टराई, कावासोती ।  तेस्रो मध्यविन्दु महोत्सव माघ ११ गतेदेखि माघ २१ गते सम्म सन्चालन हुने भएको छ । मध्यविन्दु उद्योग वाणिज्य संघको आयोजनामा तेस्रो मध्यविन्दु महोत्सव हुने भएको हो ।

मध्यविन्दु उद्योग वाणिज्य संघले मंगलबार अरुणखोलामा पत्रकार सम्मेलन आयोजना गरेर महोत्सवको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा कृषि, व्यापार, पर्यटन तथा स्थानीय संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना मध्यविन्दु उद्योग वाणिज्य संघका अध्यक्ष किरण कुमार क्षेष्ठले जानकारी दिए । करिब २ सय वटा स्टल रहने महोत्सवमा स्थानीय कृषिजन्य उत्पादन, घरेलु सामग्री, हस्तकला, व्यवसायिक उत्पादन तथा विविध सांस्कृतिक प्रदर्शनी समेटिने पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले बताए ।

महोत्सवमा स्थानीय स्वादको प्रवर्द्धन गर्नका लागी विभिन्न जातजातिका परम्परागत परिकारहरू समेत राखिने पत्रकार सम्मेलनमा जानकारी गराईएको हो । त्यसै गरि महोत्सवमा विविध सांस्कृतिक कार्यक्रमहरू, मौलिक कौरा, झाम्रे गीत, भजन, चुट्का प्रतियोगिता लगायतका प्रस्तुति रहनेछन्।

साथै, महोत्सवमा धार्मिक पर्यटन प्रवर्द्धनका लागि नगर क्षेत्रका महत्वपूर्ण धार्मिक स्थलहरूको प्रचारप्रसार गरिनेछ। महोत्सवमा बाल उद्यान, भलिबल प्रतियोगिता, डान्स आइडल जस्ता आकर्षक कार्यक्रमहरू समेत आयोजना गरिनेछन् । करिब १ लाख दर्शक सहभागी हुने अनुमान गरिएको महोत्सवले स्थानीय अर्थतन्त्र, कृषि, व्यापार, पर्यटन र सांस्कृतिक गतिविधिको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने आयोजकले विश्वास लिएको छ ।

उद्योग वाणिज्य संघ मध्यबिन्दुका निवर्तमान अध्यक्ष केदार पराजुलीका अनुसार महोत्सवको तयारी तीव्र गतिमा अघि बढिरहेको छ। महोत्सव स्थानीय अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने मात्र होइन, नवलपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउने माध्यम पनि बन्ने पराजुलीले बताए ।

महोत्सवले कृषि, व्यापार, पर्यटन र सांस्कृतिक गतिविधिको प्रवर्द्धन गर्दै स्थानीय उत्पादनलाई बजारमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने  तथा  महोत्सवको माध्यमबाट स्थानीय व्यवसायी, किसान, कलाकार तथा उद्यमीहरूलाई थप अवसर सिर्जना गर्ने लक्ष्य लिएको उद्योग वाणिज्य संघ मध्यबिन्दुका वरिष्ठ उपाध्यक्ष चेतन पौडेलले बताए ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
iran-1

मध्यपूर्वको द्वन्द्व अन्त्यका लागि कूटनीति उपाय अपनाउन...

  • १४ घण्टा अगाडि
InShot_20260228_150120445-scaled

उम्मेदवार पाएर उत्साहित हुप्सेकोट, सय जना कांग्रेसमा...

  • १५ घण्टा अगाडि
namrata_sapkota

नम्रता सापकोटा विवाह बन्धनमा बाँधिएकी हुन् ?

  • ५ दिन अगाडि
congress

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved