Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

दोहा र दुबईमा गुञ्जियो कन्दरा, ‘विदेशिनु लेखियो कर्मैमा’ सुन्दा भक्कानिए दर्शक

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • १ वर्ष अगाडि

काठमाडौं । लोकप्रिय नेपाली लोकपप ब्याण्ड ‘कन्दरा’ मध्यपूर्वका दुई सहरमा गुञ्जिएको छ । कतारको दोहामा शुक्रबार र युएईको दुबईमा शनिबार ब्याण्डले भव्य प्रस्तुति दियो ।

‘पहिले घरदेश अनि परदेश’ नारासहित विश्व टूरमा निस्किएको लोकप्रिय ब्याण्डले एकदिनको फरकमा यी दुई अरब मुलुकमा प्रस्तुति दिएको हो । नेपाली श्रमिकको बाक्लो बसोबास रहेको यी दुई सहरमा ब्याण्डको क्रेज उस्तै छ ।

 

दोहास्थित भीआइपी होटलको प्लानेट लाउञ्ज एण्ड क्लबमा सांगीतिक प्रस्तुति दिएको कन्दराले शनिबार युएइको बर दुबइस्थित क्लब एसके सेभेनमा प्रस्तुती दिएको छ ।

दोहाको कार्यक्रम ‘भीआइपी होटलको प्लानेट लाउञ्ज एण्ड क्लब’ले आयोजन गरेको थियो भने युएइको बर दुबईमा सम्पन्न कार्यक्रम भने ‘युबिओसी हस्पिटालिटी’ले आयोजन गरेको थियो ।

 

 

९० को दशकमा स्थापित ब्याण्डले स्थापनाको ३२ वर्षको सांगीतिक उत्सव अन्तर्गत यतिबेला विश्व टूर गरिरहेको छ । जनवरी ३० मा हङकङमा गुञ्जिने तय छ । फेब्रुअरी २८ मा इलामको करफोकमा प्रस्तुती दिने तय छ ।

दुबै अरब मुलुकमा आफूले प्रस्तुति दिँदा दर्शकको आँखामा छचल्किएको आँसुले आफूलाई भावुक बनाएको ब्याण्डका भोकलिस्ट विवेक श्रेष्ठले बताए ।

 

‘अरबका यी दुबै मुलुकमा उपस्थित दर्शकले देखाउनुभएको जोश, ऊर्जा र साथबाहेक अर्को एउटा कुरा म बिर्सिन सक्दिन, त्यो हो उहाँहरुको आँखामा छचल्किएको आँशु’ श्रेष्ठले भने, ‘जब ‘विदेशिनु लेखियो कर्मैमा” गाउन थालेँ, स्टेजबाटै उहाँहरुको अनुहारमा मुलुक छाड्नु र पराई भूमिमा पसिना बगाउनुको पीडा स्पष्ट देख्न सक्थें । लाग्थ्यो गर्लम्म अँगालो हालेरै सबैलाई देश मैं फर्काईदिऊँ । बालुवाको देशलाई सुन्दर बनाउन सक्ने हाम्रा नेपाली दाजूभाई, दिदीबहिनीहरुलाई केही क्षण खुशी दिन सकेजस्तो अनुभूतीले भने आफैलाई कम्ता गाह्रो बनाइरहेको थिएन ।’

मध्यपूर्वअघि ब्याण्डले बेलायतमा प्रस्तुति दिँदै विश्व टूर सुरु गरेको थियो ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
iran-1

मध्यपूर्वको द्वन्द्व अन्त्यका लागि कूटनीति उपाय अपनाउन...

  • १२ घण्टा अगाडि
InShot_20260228_150120445-scaled

उम्मेदवार पाएर उत्साहित हुप्सेकोट, सय जना कांग्रेसमा...

  • १२ घण्टा अगाडि
namrata_sapkota

नम्रता सापकोटा विवाह बन्धनमा बाँधिएकी हुन् ?

  • ५ दिन अगाडि
congress

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved