Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

पहिलो दिन नै जवानलाई पछि पारेको पुष्पा–२

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • १ वर्ष अगाडि

नयाँदिल्ली । बहुप्रतीक्षित दक्षिण भारतीय फिल्म पुष्पा–२ ले अहिलेसम्मका सबै रेकर्ड तोड्न थालेको छ । ५ डिसेम्बरमा विश्वभर एकसाथ रिलिज भएको यो फिल्ममा अल्लु अर्जुन, रश्मिका मन्दाना र फहाद फासिलको अभिनय हेर्न पाइन्छ । पुष्पा–२ अहिले भारत र नेपालसहित विश्वभरका सिनेमा हलमा लागिसकेको छ । जहाँ फिल्म विश्लेषकहरूले यस फिल्मको प्रशंसा गर्दै पैसा पूरा चुक्ता गर्ने बताएका छन् ।

बक्स अफिसमा पनि पुष्पाले रेकर्डतोड कमाइ गर्न थालेको छ । पहिलो दिनको कमाइको कुरा गर्ने हो भने केवल तेलुगुको मात्रै नभएर हिन्दीमा पनि अनेक रेकर्ड बनाएको छ । यस फिल्मले शाहरूख खान अभिनित जवानलाई पनि पछि पार्दै अहिलेसम्मकै सबैभन्दा धेरै ओपनिङ गर्ने फिल्म बनेको छ ।

बक्स अफिस ट्र्याकर स्याकनिल्कको सुरुवाती आँकडाअनुसार, पुष्पा–२ ले पहिलो दिन भारतमा १६५ करोड कमाएको छ । उता तेलुगुमा भने यो फिल्म १ दिनपहिले रिलिज भएको थियो । भारतमा पुष्पा–२ को पहिलो दिनको समग्र कमाइ १ अर्ब ७५ करोड १० लाख रुपैयाँ भएको छ । ९५ दशमलव १ करोड तेलुगुमा, ६७ करोड हिन्दीमा, ७ करोड तमिलमा, कन्नडमा १ करोड र मलयालममा ५ करोड कमाएको छ ।

यसका अलावा फिल्म विश्लेषक मनोबाला विजयाबालनले एक्समा सेयर गर्दै टलिउडले बलिउडलाई पछारिदिएको बताएका छन् । पुष्पा–२ को हिन्दी भर्सनले ६५ दशमलव ३५ करोडको नेट कलेक्सनसहित जवान हिन्दीको १ दिनको बक्स अफिसलाई पछि पार्दै सबैभन्दा बढी कमाइ गर्ने फिल्म बनेको हो ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
iran-1

मध्यपूर्वको द्वन्द्व अन्त्यका लागि कूटनीति उपाय अपनाउन...

  • १३ घण्टा अगाडि
InShot_20260228_150120445-scaled

उम्मेदवार पाएर उत्साहित हुप्सेकोट, सय जना कांग्रेसमा...

  • १४ घण्टा अगाडि
namrata_sapkota

नम्रता सापकोटा विवाह बन्धनमा बाँधिएकी हुन् ?

  • ५ दिन अगाडि
congress

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved