Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

‘ह्रस्व दीर्घ’ अस्ट्रेलिया र मध्यपूर्वमा पनि

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • १ वर्ष अगाडि

काठमाडौँ । नीता ढुंगानाको फिल्म ‘ह्रस्व दीर्घ’ फिल्म बिहीबारदेखि अस्ट्रेलिया र मध्यपूर्वका देशहरूमा रिलिज हुँदै छ । वितरण कम्पनी सेभेन सिजनका अनुसार यो फिल्म अस्ट्रेलियाका सबै सहरमा प्रदर्शन हुँदै छ ।

अस्ट्रेलियाको न्यु साउथ वेल्सका ७ हल, नर्दन टेरिटोरीमा १, क्विन्सल्यान्डमा २, साउथ अस्ट्रेलियामामा २, तास्मानियामा १, भिक्टोरियामा ७ र वेस्टर्न अस्ट्रेलियामा १ हलमा प्रदर्शन हुन लागेको हो । फिल्मले बिहीबार अस्ट्रेलियाभर ३५ सो पाएको छ । साथै यो फिल्म न्युजिल्यान्डमा पनि बिहीबारदेखि नै प्रदर्शन तयारीमा छ ।

अकल्यान्डको इभेन्ट मनुकाउ र इभेन्ट क्विन स्ट्रिट हलमा प्रदर्शन तयारीमा छ । यस फिल्मलाई नेप–फिल्म्सले मध्यपूर्वमा युएईका १४ हल, कतारका ६ हल र बहराइनका ३ हलमा रिलिज गर्देछ ।चन्द्र पन्त निर्देशित फिल्ममा बनेको फिल्ममा हरिहर अधिकारीको कथा छ । फिल्ममा प्रतीक पौडेल, निर्देशक चन्द्र पन्त र हरिहरको पटकथा तथा संवाद रहेको छ ।

फिल्ममा नीतासहित हरिहर अधिकारी, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनील वर्मा र प्रशान्त ताम्राकार, सञ्चिता लुइँटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आदर्श मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतको अभिनय छ ।

६ करोड लगानीमा बनेको यस फिल्मलाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् । यसअघि केही भोजपुरी सिनेमाको निर्देशन तथा ५ दर्जनभन्दा बढी नेपाली सिनेमामा द्वन्द्व निर्देशकका रूपमा काम गरेका पन्तको यो नेपाली सिनेमामा डेब्यु निर्देशन हो । यो तेलुगु र हिन्दी भाषामा पनि रिलिज हुने तयारीमा छ । यो फिल्मले नेपालमा राम्रो कमाइ गरिरहेको छ । यस फिल्मले ९ दिनमा ६ करोड ६९ लाख व्यापार गरेको निर्माण पक्षले जनाएको छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
iran-1

मध्यपूर्वको द्वन्द्व अन्त्यका लागि कूटनीति उपाय अपनाउन...

  • १६ घण्टा अगाडि
InShot_20260228_150120445-scaled

उम्मेदवार पाएर उत्साहित हुप्सेकोट, सय जना कांग्रेसमा...

  • १७ घण्टा अगाडि
namrata_sapkota

नम्रता सापकोटा विवाह बन्धनमा बाँधिएकी हुन् ?

  • ५ दिन अगाडि
congress

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved