Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

भन्सार छुटसँगै सस्तियो सुन, कारोबारमा छाएन उत्साह

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • १ वर्ष अगाडि

काठमाडौँ । सरकारले सुनमा लाग्दै आएको भन्सारमा आधा छुट दिएसँगै सोमबार नेपाली बजारमा सुनको भाउ अस्वाभाविक रूपले घटेको छ । यसअघि २० प्रतिशत रहेको भन्सार दरलाई १० प्रतिशतमा झारेसँगै सुनको मूल्य एकै दिन १५ हजार ९०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ३०० रुपैयाँ निर्धारण गरेको थियो । जबकि अघिल्लो दिन प्रतितोला १ लाख ६७ हजार २०० रुपैयाँ थियो । तर, जसरी मूल्य घट्यो, त्यस हिसाबले कारोबारमा भने उत्साह देखिएन । महासंघका अध्यक्ष अर्जुन रसाइलीले भने, ‘उपभोक्ता ‘वेट एन्ड सी’कै अवस्थामा छन् । बुधबारदेखि बजारले लय समाउला । भन्सार घट्ला कि भन्ने डरले बैंकहरूले सुन आयात गरेका थिएनन् । अब आयात गर्न सुरु गर्लान् । अनि बजारमा चहलपहल बढ्ला ।’

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयलाई आर्थिक ऐन, २०८१ को दफा १८ को उपदफा (२) र उपदफा (३) बमोजिमको भन्सार महसुल छुटसम्बन्धी निर्णय गर्न स्वीकृति दिएको थियो । अर्थ मन्त्रालयका अनुसार सुनको भन्सार दरमा १० प्रतिशत छुट दिइएको हो । तर, सुनका गरगहनाको भन्सार दर भने १५ प्रतिशत नै कायम गरिएको छ । चाँदीमा लाग्दै आएको १५ प्रतिशत भन्सारलाई पनि १० प्रतिशतमा झारिएको छ ।

आर्थिक वर्ष २०८१–८२ को बजेटमा सरकारले सुनको भन्सार दर १५ प्रतिशतबाट बढाएर २० प्रतिशत बनाएको थियो । त्यसको असर बजारमा परेको भन्दै सुनचाँदी व्यवसायी महासंघको प्रतिनिधिमण्डलले अर्थमन्त्री विष्णु पौडेलसँग भेटेर भन्सार दर समायोजन गर्न आग्रह गरेको थियो ।

यता, भारतले आफ्नो बजेटमार्फत् सुनचाँदीमा लाग्दै आएको भन्सार दर १५ प्रतिशतबाट घटाएर ६ प्रतिशतमा झारेपछि नेपालमा महँगो र भारतमा सस्तो हुँदा तस्करी बढेको आशंका गर्दै भन्सार घटाएको सरकारले जनाएको छ ।

यस्तै, सरकारले दाल तथा गेडागुडी आयात गर्दा भन्सार बिन्दुमा तिर्नुपर्ने अग्रिम आयकर छुट गरिएको छ । बजेटमार्फत् केराउ, चना, सिमी, मास, राजमा, मुसुरो, बकुल्ला, रहरलगायत दाल तथा गेडागुडी आयातमा १० प्रतिशत अग्रिम आयकर तिर्नुपर्ने व्यवस्था गरिएकामा सरकारले साढे २ प्रतिशतमा झारेको हो । दाल तथा गेडागुडी आयातमा विगतदेखि नै १० प्रतिशत भन्सार दर लाग्दै आएकामा १० प्रतिशत अग्रिम आयकर थपिँदा दालको मूल्य बढेको थियो ।

यस्तै, उद्योगहरूले ठुलो ढुंगाकै स्वरूपमा ल्याउने मार्बल, एलवास्टर र ग्रेनाइटमा लगाइएको भन्सार र अन्तःशुल्क पनि घटाएको छ । ढुंगाकै रूपमा आउने कच्चा मार्बल, ग्रेनाइट र तयारी मालमा समान भन्सार दरका कारण आफूहरू मारमा परेको उद्योगीहरूको गुनासो थियो ।

ढिक्का वा पाताका रूपमा आयाताकार काटिएका मार्बल तथा एलवास्टरमा ३० प्रतिशत भन्सार र १५ प्रतिशत अन्तःशुल्क लगाइएकामा १० प्रतिशत भन्सारर शून्य अन्तःशुल्क कायम गरिएको छ । त्यस्तै, ढिक्का वा पाताका रूपमा आयाताकार काटिएका ग्रेनाइटमा लाग्दै आएको २० प्रतिशत भन्सारलाई घटाएर१० प्रतिशतमा झारिएको छ भने २५ प्रतिशत अन्तःशुल्कलाई पूरौ हटाइएको छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
iran-1

मध्यपूर्वको द्वन्द्व अन्त्यका लागि कूटनीति उपाय अपनाउन...

  • १७ घण्टा अगाडि
InShot_20260228_150120445-scaled

उम्मेदवार पाएर उत्साहित हुप्सेकोट, सय जना कांग्रेसमा...

  • १७ घण्टा अगाडि
namrata_sapkota

नम्रता सापकोटा विवाह बन्धनमा बाँधिएकी हुन् ?

  • ५ दिन अगाडि
congress

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved