Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

निर्माण क्षेत्र ‘माइनस’ हुँदा सिमेन्टको बिक्री घट्यो, कम्पनीहरूको घाटा चुलियो

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • १ वर्ष अगाडि

५ मंसिर, काठमाडौं । घरजग्गा कारोबार र निर्माण क्षेत्रमा आएको मन्दीले सिमेन्ट उद्योगहरु नराम्ररी प्रभावित भएका छन् । सरकारले निर्माण व्यवसायीले अघिल्ला वर्षहरूमा गरेको कामको अर्बौं भुक्तानी गर्न सकेको छैन । त्यस्तै, यो वर्ष पनि सरकारको विकास निर्माणको काम अत्यन्तै सुस्त छ ।

साथै घरजग्गा कारोबार पनि सुस्त हुँदा त्यसले अधिकांश सिमेन्ट उद्योगहरू संकटमा छन् । एक उद्योगीका अनुसार नेपालमा ६० सिमेन्ट उद्योग रहेकामा ४५ वटा जतिले कि उत्पादन रोकेका छन्, कि ८/१० प्रतिशत क्षमतामा चलाइरहेका छन् । बाँकी १५ वटाले पनि ५० प्रतिशतभन्दा कम उत्पादन गरिरहेको उनी बताउँछन् ।

 

२०७२ सालको भूकम्पपछि धेरै सिमेन्ट उद्योगहरु थपिए । हजारौं भवन तथा पूर्वाधार आयोजना पुनर्निर्माणका लागि ठूलो परिमाणको सिमेन्ट जरुरत थियो । स्वदेशी उद्योगहरुले नै पुनर्निर्माणका लागि आवश्यक सिमेन्ट आपूर्ति गरे ।

तर यतिबेला पूर्वाधारका काम अति सुस्त भए । ठेक्का लागिसकेका आयोजनाका काम रोकिएका छन् । निर्माण व्यवसायीले भुक्तानी नपाएको गुनासो गरिरहेका छन् । भुक्तानी नपाएपछि निर्माण व्यवसायीको मनोबल समेत घटेको छ । यसले गर्दा पूर्वाधार निर्माणका क्षेत्रले गति लिन सकेको छैन । यहीं कारण सिमेन्ट लगायत निर्माण सामग्रीको बिक्री घटेको छ ।

 

गत आवको अन्तिम त्रैमासमा निर्माण क्षेत्रको कुल गार्हस्थ्य उत्पादन १३ प्रतिशतले ‘माइनस’ गएको राष्टिय तथ्यांक कार्यालयले जनाएको छ । त्यसअघिको त्रैमासमा यो क्षेत्र ६ प्रतिशतले माइनसमा गएको थियो।

बजारमा सूचीकृत ४ सिमेन्ट कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणले यसलाई स्पष्ट पार्छ । वित्तीय विवरणअनुसार सूचीकृत सबै सिमेन्ट कम्पनी शिवम्, सर्वोत्तम, घोराही र सोनापुरको बिक्री आम्दानी घटेको छ ।

 

यी कम्पनीको कुल बिक्री आम्दानी गत आवको पहिलो त्रैमासमा ५ अर्ब ६२ करोड रुपैयाँ रहेकोमा यो आवको पहिलो त्रैमासमा जम्मा ३ अर्ब ८५ करोडको बिक्री गरे ।

यसरी बिक्री आम्दानी घटेपछि कम्पनीहरुको नाफामा सिधा असर परेको छ । सर्वोत्तम सिमेन्ट, घोराही सिमेन्ट र सोनापुर सिमेन्ट नोक्सानीमा गएका छन् । शिवम् सिमेन्टले नाफा सामान्य बढाएको छ ।

तर त्यो नाफा बिक्री आम्दानी बढेर नभई, घटेको ब्याजदरले वित्तीय लागत घट्दा भएको देखिन्छ । बिक्री आम्दानी बढ्दा पनि वित्तीय लागत घटेपछि यस कम्पनीले पहिलो त्रैमासमा १ करोड २८ लाख रुपैयाँ नाफा कमाएको छ ।

निर्माण क्षेत्रको मन्दीका कारण क्षमताभन्दा निकै न्यून उत्पादन भइरहेको उद्योगी बताउँछन् । ‘सरकारले छुट्याएको पूँजीगत खर्च नै हुन नसक्नुले पूर्वाधार क्षेत्र मन्दीमा रहेको देखिन्छ’ सर्वोत्तम सिमेन्टका अध्यक्ष विष्णु न्यौपानेले भने ‘त्यसबाहेक निजी आवास तथा व्यवासायिक भवनको निर्माण अति सुस्त छ ।’

असोजको दोस्रो साता आएको बाढी र त्यसपछि विभिन्न राजमार्गको क्षतिले ढुवानीमा केही साता अवरोध हुँदा पनि यो पटक आम्दानीलाई थप असर पारेको न्यौपानेले बताए । असोज महिनाभरको बिक्री आम्दानी धेरै नै घटेको उनको भनाइ छ ।

त्यस्तै उच्च प्रतिस्पर्धाले पनि कम्पनीहरुको बिक्री आम्दानीमा असर पारेको छ । ‘निश्चित परिमाणमा बिक्री गर्ने लक्ष्य हरेक कम्पनीले लिएका हुन्छन्, त्यहींअनुसार उत्पादन गर्छन्, तर माग नै सुस्त भइदिएपछि मूल्य पनि घट्न गएको छ’ उनले भने ।

कम्पनी नाफा/नोक्सान, असोज २०८१
शिवम् १ करोड २८ लाख
सर्वोत्तम –२ करोड २५ लाख
घोराही सिमेन्ट –५१ करोड ३७ लाख
सोनापुर –४६ करोड ९२ लाख
उनले भनेजस्तै प्रतिस्पर्धा बढ्दा बजारमा सिमेन्टको मूल्य घटेको छ । अधिकांश सिमेन्ट कम्पनीहरुले मूल्य घटाएर बेच्न बाध्य भएका छन् । ४ वर्षअघि प्रतिबोरा ७५०/८०० पर्ने सिमेन्ट अहिले ६००/६५० मा झरिसकेको छ । विभिन्न ब्राण्ड, प्रकार (पीपीसी, ओपीसी, पीएससी) अनुसार मूल्य फरक फरक पर्ने गरेको छ ।

यसले कम्पनीको वित्तीय स्थितिलाई कमजोर बनाएको उद्योगी बताउँछन् । मूल्य घट्दा परिमाणमा बिक्री बढे पनि रकममा घट्न जान्छ, जसले गर्दा समग्र आम्दानी घटेको हुन्छ । सर्वोत्तमको हकमा नै बिक्री परिमाण गत आवको पहिलो त्रैमासको तुलनामा यो आवको पहिलो त्रैमासमा केही बढी भएको तर रकममा कमी आएको अध्यक्ष न्यौपानेले स्पष्ट पारे ।

सरकारले बर्सेनि छुट्याएको पूँजीगत खर्च समयमै गर्ने हो भने पनि सिमेन्ट कम्पनीहरुलाई राहत पुग्ने उद्योगीहरु बताउँछन् । निर्माण व्यवसायीको बक्यौता रकम समयमै भुक्तानी गर्ने र विभिन्न पूर्वाधार निर्माणको कार्यलाई तदारुकता दिने हो भने माग बढ्ने उद्योगीको भनाइ छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ७ घण्टा अगाडि
rekha_thapa-1

३ पूर्वमिस नेपाललाई लिएर रेखाले थालिन् ‘माया...

  • ७ घण्टा अगाडि
rajeshpayal_balen

बालेनलाई राजेशपायलले दिए गीत उपहार : झिक्कै...

  • ७ घण्टा अगाडि
balen-saha55555

बालेन साहले बुझाए निर्वाचनमा भएको आफ्नो १४...

  • ७ घण्टा अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved