Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

व्यपारमा ‘१२ गाउँ’को प्रभाव

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • १ वर्ष अगाडि

काठमाडौँ । विराज भट्टले निर्माण तथा निर्देशन गरेको चलचित्र ‘१२ गाउँ’ कीर्तिमानी व्यापारको यात्रामा अघि बढेको छ । दसैँको फूलपातिका दिन असोज २४ गते रिलिज भएको यो एक्सन मुभीमा आजका दिनसम्म पनि दर्शकको चाप घटेको छैन । दसैँमा एकैसाथ ३ नयाँ चलचित्र ‘छक्कापञ्जा–५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ रिलिज भएका थिए । यीमध्ये हलहरूमा ‘छक्कापञ्जा’ले सबैभन्दा बढी सो पाएको थियो भने त्यसपछि ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ले । बिहीबारबाट ३ वटै फिल्महरू तेस्रो हप्तामा प्रवेश गरेका छन् ।

ब्यापारमा पहिलो दिनबाटै ‘छक्कापञ्जा–५’ र ‘१२ गाउँ’को नेक टु नेक टक्कर थियो । बढी हलहरू पाएकाले सुरुआति दिनहरूमा ‘छक्कापञ्जा’ले धेरै कलेक्सन गर्न सफल भयो । तर, ‘१२ गाउँ’मा दर्शकको उभार बेसी देखिएपछि हलहरूले सो चलचित्रलाई सो बढाउँदै लगे । बिहिबारसम्म ‘छक्कापञ्जा’ भन्दा ‘१२ गाउँ’ सो संख्या र कलेक्सन दुवैमा अगाडि पुगेको छ ।

‘छक्कापञ्जा’का निर्माता तथा कलाकार दीपकराज गिरीले आफ्नो चलचित्रको व्यापार १५ करोड नजिक रहेको बताएका छन् । चलचित्रले सुरूमा पाएको सो खासै नघटेको र दर्शकको चाप पनि यथावत् रहेको उनको दावी छ । ‘छक्कापञ्जा–५’ ले रिलिज अगाडि नै ओभरसिज राइट्स बिक्री गरेर लगानी उठाइसकेको थियो । हलहरूबाट हुने आम्दानी चोखो मुनाफा हो । टिकट बिक्रीबाट प्राप्त हुने रकमको ५० प्रतिशत हलले र बाँकी ५० प्रतिशत निर्माताले पाउने व्यवस्था छ ।

यता, ‘१२ गाउँ’मा भने अहिलेसम्म कुनै पनि नेपाली चलचित्रमा नदेखिएको क्रेज देखिएको छ । चलचित्रले मिडियाहरूमा राम्रो समीक्षा पाएको थिएन । दक्षिण भारतीय चलचित्रको भद्दा नक्कल गरिएको र कथावस्तु बकवास रहेको भनेर आलोचना खेपेको थियो । तर, दर्शकले भने ‘१२ गाउँ’लाई निरन्तर साथ दिएका छन् । अहिले पनि चलचित्रले फुल अकुपेन्सी पाइरहेको छ ।

‘१२ गाउँ’का वितरक गोविन्द शाही बुधबारसम्मको रिपोर्टअनुसार अनुमानित २२ करोड रुपैयाँ ग्रस कलेक्सन भइसकेको दावी गर्छन् । पहिलो साताभन्दा दोस्रो सातामा सो धेरै थपिएकाले कमाइ पनि ह्वात्तै बढेको उनको भनाइ छ ।

स्रोतका अनुसार शाहीको दावीअनुसार नभए पनि चलचित्रले हिजोसम्म १८ करोड ८५ लाख रुपैयाँ ग्रस कलेक्सन छ । यही रफ्तारमा जाँदा यस चलचित्रले केही दिनमै लाइफटाइम सर्वाधिक कलेक्सन गर्ने नेपाली चलचित्रको कीर्तिमान राख्ने पक्कापक्कीजस्तै देखिन्छ । नेपालमा सबैभन्दा बढी आम्दानी गर्ने चलचित्रको कीर्तिमान ‘जारी’ को नाममा छ । २०८० वैशाखमा प्रदर्शनमा आएको उक्त चलचित्रले २५ करोडको लाइफटाइम बिजनेस गरेको थियो ।

‘मैले अहिलेसम्म दर्शकको यस्तो फ्लो र कमाइको रफ्तार नेपाली चलचित्रमा देखेको थिइनँ’, शाहीले भने, ‘नेपाली मात्र नभएर विदेशी चलचित्र पनि पहिलो ३ दिनपछि बिस्तारै खस्किन थाल्थे । तर, ‘१२ गाउँ’को रौनक अहिले पनि हलहरूमा उस्तै नै छ ।’हलहरूको अकुपेन्सीमा पनि अहिले ‘१२ गाउँ’ हावी रहेको उनले बताए । ‘सुरूमा छक्कापञ्जाको ब्रान्डले गर्दा हामीले कम सो पायौँ । तर, अहिले छक्कापञ्जाभन्दा हाम्रो धेरै राम्रो सो छ,’ उनले भने । नेपालमा सफलतासँगै ‘१२ गाउँ’को विदेशमा पनि उच्च डिमान्ड छ । विदेशमा भएको कमाइको आँकडा भने निर्माण पक्षले सार्वजनिक गरेको छैन । एक्सन जनरामा बनेको यो चलचित्रमा विराज भट्ट र उनका छोरा समिर भट्टले प्रमुख भूमिका निभाएका छन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
iran-1

मध्यपूर्वको द्वन्द्व अन्त्यका लागि कूटनीति उपाय अपनाउन...

  • १५ घण्टा अगाडि
InShot_20260228_150120445-scaled

उम्मेदवार पाएर उत्साहित हुप्सेकोट, सय जना कांग्रेसमा...

  • १५ घण्टा अगाडि
namrata_sapkota

नम्रता सापकोटा विवाह बन्धनमा बाँधिएकी हुन् ?

  • ५ दिन अगाडि
congress

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved