Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

विवादमा ‘बोर्डर–२’

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • १ वर्ष अगाडि

मुम्बई । सन्नी देओलको फिल्म ‘बोर्डर–२’ छायांकन अगावै विवादमा तानिएको छ । यो फिल्म सन् १९९७ मा रिलिज भएको ‘बोर्डर’ को सिक्वेल हो । सो चलचित्रसँग आवद्ध चलचित्र फाइनान्सर तथा वितरक भरत शाहले ‘बोर्डर–२’ का निर्मातालाई सार्वजनिक सूचना जारी गरेका छन् । फिल्मको पहिलो भागलाई लिएर अदालतमा मुद्दा चलिरहेको छ । यस सूचनामार्फत वकिल अजय खतलावाला र लिटिल एन्ड कम्पनीका साझेदार भरत शाह र बिना भरत शाह फिल्म ‘बोर्डर’ को विश्व अधिकारको नियन्त्रक रहेको बताए ।

उनले चलचित्रका निर्देशक तथा निर्माता जेपी दत्तसँग यो वार चलचित्रलाई आर्थिक सहयोग गर्ने सम्झौता गरेका थिए । पछि पार्टीबीच मतभेद उत्पन्न भएको हो । यसअघि नै फिल्मको कमाइ आधामा बाँड्ने निर्णय भएको थियो । यति मात्र होइन, जेपी दत्तले फिल्ममा खर्च भएको रकमको जानकारी पनि भरत शाहलाई दिनुपरेको थियो । उक्त नोटिसमा जेपी दत्तले भरत शाह र बिना भरत शाहलाई कहिले पनि कुनै जानकारी नदिएको र फिल्मको आर्थिक अवस्था र नाफाबारे पनि जानकारी नगरेको उल्लेख गरिएको थियो ।

यस्तो अवस्थामा अब भरत शाह र बीना भरत शाहले जेपी दत्तविरुद्ध भारतीय चलचित्र तथा टिभी निर्माता परिषद्मा उजुरी दिएका छन् । यसअघि सन् २०१४ मा उनले मुम्बई हाई कोर्टमा पनि पुगेका थिए । यो मुद्दा अहिले सिभिल कोर्टमा सरेको छ ।

केही महिनाअघि सन्नी देओल र जेपी दत्तले २७ वर्षपछि ‘बोर्डर–२’ बनाउने घोषणा गरेका थिए । यस फिल्ममा सनीसँग पहिले आयुष्मान खुराना देखिने थिए तर अहिले उनको ठाउँमा वरुण धवनले लिएका छन् । फिल्ममा सन्नी र वरुणबाहेक दिलजित दोसाँझ पनि देखिनेछन् । यो चलचित्रको छायांकन छिट्टै सुरु गर्ने तयारीमा छन् । यो फिल्म २३ जनवरी २०२६ मा थिएटरहरूमा रिलिज हुनेछ । गुलशन कुमार, टी–सिरिज र जेपी दत्तले संयुक्त रूपमा निर्माण गरेका हुन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
iran-1

मध्यपूर्वको द्वन्द्व अन्त्यका लागि कूटनीति उपाय अपनाउन...

  • १६ घण्टा अगाडि
InShot_20260228_150120445-scaled

उम्मेदवार पाएर उत्साहित हुप्सेकोट, सय जना कांग्रेसमा...

  • १७ घण्टा अगाडि
namrata_sapkota

नम्रता सापकोटा विवाह बन्धनमा बाँधिएकी हुन् ?

  • ५ दिन अगाडि
congress

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved