Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

मेकअपका लागी रोजाईमा पर्ने निजन राई

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • १ वर्ष अगाडि

गोपिकृष्ण चापागाईँ / काठमाडौं । “सबै महिलाहरू मेकअप बिना सुन्दर देखिन्छन्, तर सही मेकअप गर्दा उनीहरु धेरै शक्तिशाली हुन सक्छन् ।” यो भनाई चर्चित अमेरिकन मेकअप आर्टिष्ट बोबी ब्राउनको हो । बोबीले भनेझै मेकअपमा शक्ति हुन्छ । सुन्दरतासँगै आत्मविश्वास बढेर आउँछ । मेकअपले महिला र पुरुष दुबैमा आत्मविश्वास बढाउँछ । बिशेषगरी कलाकारहरु भारी मेकअपमा प्रस्तुत भएको देख्छौं, उनीहरुले मेकअपले नै अनुहारको स्वरुप बदल्छन् । मेकअपकै कारण वयस्कबाट बृद्ध देखिन्छन्, पुरुषबाट महिला देखिन्छन् । साधारण मान्छे निकै फरक देखिन्छ ।

नेपालमा मेकअप आर्टिष्टको दुनियामा रोजाईमा पर्ने एउटा नाम हो निजन राई । बिगत १० बर्षदेखी नेपाली कला क्षेत्रमा उनी मेकअपकै कारण चर्चित छिन् । उनले गरेको मेकअपको चर्चा हुने गर्छ । त्यसैले उनी पटकपटक धेरै प्रोजेक्टमा दोहोरिने गर्छिन् । भोजपुरको खावा भन्ने ठाउँमा बि.स. २०५४ साल बैशाख १५ गते जन्मिएकी निजनले सन् २०१४ मा लासेस मेकअप स्टुडियोबाट ट्रेनिङ लिइन् । उक्त स्टुडियोमा उनले अन्तर्राष्ट्रिय जगतमा ख्यात प्राप्त गरेकी मेकअप आर्टिष्ट शारदा बस्नेतसँग ट्रेनिङ लिने अवसर पाएकी थिइन् । आजको दिनसम्म नेपालका चर्चित रियालिटी शो देखी, चर्चित नायक नायिकासम्मको मेकअप गरिसकेकी निजनले सुरुवातमा बिहे, पार्टी लगायतका समारोहमा मेकअप गरेर अनुभव बटुलेकी थिइन् ।

‘मलाई मेकअपको दुनियामा डुब्नु मन थियो । त्यसैले सुरुवातका दिनमा सिक्नकै लागी धेरै मेकअप आर्टिष्टको संगत गरेँ । क्लास लिएँ ।’ निजनले सुरुवातका दिन स्मरण गर्दै भन्छिन् । ‘जब आफूले इच्छाएको काम हुन्छ त्यो सिक्नका लागी जस्तोसुकै दुख भएपनि त्यसलाई सहज रुपमा लिइने रहेछ ।’ उनले सन् २०१८ मा चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन १’ मा मेकअप आर्टिष्टको रुपमा काम गर्ने अवसर पाइन् । भ्वाइस अफ नेपालसम्म पुग्दा उनले राम्रै अनुभव बटुलिसकेकी थिइन् । चर्चित शोमा आफू जोडिन पाउँदा उनले संघर्षको प्रतिफल राम्रो हुनेरहेछ भन्दै अझै कडा परिश्रम गर्ने अठोट लिएको सुनाउँछिन् । उक्त शोमा कोच देखी प्रतिस्पर्धिलाई उनले मेकअप गरिन् । कोचहरुले उनको खुलेरै तारिफ गर्थे । शोबाट आउने तारिफ निजनका लागी थप हौसला बन्यो ।

निजनले अगाडी भन्छिन्, ‘मेरो मिहिनत र काम देखेरै होला भ्वाइस अफ नेपालका निर्देशक लक्ष्मण पौड्याल लगायतको टिमले मलाई छनौट गर्नुभयो । यसमा म अत्यन्तै खुसी छु ।’ त्यसपछि उनले सन् २०१९ मा अर्को गायन रियालिटी शो ‘लोक स्टार‘, त्यस्तै २०२० मा ‘नेपाल आइडल सिजन ३’ मा पनि काम गरिन् ।
निजनले रियालिटी शोहरुमा मेकअपको अनुभव लिँदै जादा धेरै अवसरहरु आउँदै गए । उनलाई अन्य थुप्रै शोहरुबाट कामको अवसर आइरह्यो । सन् २०२० मै द म्युजिकल मेडिसिन् शोमा पनि काम गरिन् । यस्तै २०२१ देखी २०२३ सम्म माई सेकेन्ड टिचरको इनोभेट टेकमा काम गरिन् । त्यसपछि यसैबर्ष सन् २०२४ मा नेपाल आइडलकै सिजन ५ मा काम गरिन् । यस्तै यहिबर्ष सम्पन्न ओमन इन् कन्सर्टमा पनि उनले मेकअप आर्टिष्टको रुपमा काम गरिन् । निजनले आफूलाई नेपाली चलचित्रहरुबाट पनि मेकअपका लागी अफर आइरहने तर अन्य शोहरुमा बढी ब्यस्त हुनुपर्ने र चलचित्रका लागी धेरै समय दिनुपर्ने भएकाले समय ब्यवस्थापनमा गाह्रो भएको सुनाउँछिन् । उनले छिट्टै केहि चलचित्रमा पनि समय मिलाएर मेकअप गर्ने कुरा भइरहेको बताउँछिन् । त्यसो त उनले बिभिन्न समयमा चर्चित कलाकारहरु अनमोल केसी, प्रदिप खड्का, आकाश श्रेष्ठ, सुनिल थापा, पुजा शर्मा, इन्दिरा जोशी, ऋचा शर्मा, वर्षा राउत, अभया सुब्बा, दिप श्रेष्ठ, दिपक बज्राचार्य, कालिप्रसाद बास्कोटा, रिमा बिश्वकर्मा, रामजी खाँड, एलिजा गौतम लगायतको पनि मेकअप गरिसकेकी छिन् ।

उनले केहि बिज्ञापनहरुमा पनि काम गरेकी छिन् । उनले ओप्पो मोबाइल, प्रोइस्टाइल हेअर ओइल, राइट पाथ क्यारिएल काउन्सिेलिङ, डिएभी कलेज र प्रिमियर इन्टरनेशनल स्कुलको बिज्ञापनका भिडिओहरुमा पनि मेकअपको काम गरिसकेकी छिन् ।

मेकअप साधारण मानिसहरुका लागी पनि आवश्यक छ कि पर्दामा देखिने कलाकारहरुका लागी मात्र हो भन्ने प्रश्नमा निजनले घरबाट बाहिर निस्किदा सबै मानिसले साधारण मेकअप गरेको राम्रो भन्छिन् । उनी भन्छिन्, ‘पछिल्लो समय मेकअप नगर्ने लगभग मानिस भेटिन गाह्रो छ । मेकअप आवश्यक नै त होइन तर मेकअप गर्दा मानिसमा कन्फिडेन्सका बढेर आउँछ । त्यसैले पनि मेकअप गरेको राम्रो हो ।’

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
iran-1

मध्यपूर्वको द्वन्द्व अन्त्यका लागि कूटनीति उपाय अपनाउन...

  • १३ घण्टा अगाडि
InShot_20260228_150120445-scaled

उम्मेदवार पाएर उत्साहित हुप्सेकोट, सय जना कांग्रेसमा...

  • १४ घण्टा अगाडि
namrata_sapkota

नम्रता सापकोटा विवाह बन्धनमा बाँधिएकी हुन् ?

  • ५ दिन अगाडि
congress

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved