Skip to content
Follow us:
Facebook
Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
Search
Close
Search
Close

नाम चलेका स्टार अटाएनन् इंग्लिस टोलीमा

  • अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • १ वर्ष अगाडि

लन्डन । आसन्न नेसन्स लिगका लागि घोषित इंग्लिस टोलीमा फिल फोडेल, कोले पाल्मर र वाले वाटकिन्सन अटाएका छैनन् । म्यानचेस्टरका फरवार्ड फाडेन हालै मात्रै पिएफए प्लेयर अफ द इयर घोषित भएका थिए । उनलाई इंग्ल्यान्डका प्रशिक्षक ली कार्सललीले चोटका कारण टोलीमा सहभागी नगराएका हुन् । चेल्सीका फरवार्ड पाल्मर र मिडफिल्डर वाटकिन्सन उनीहरूको क्लबको ड्युटीमा जाने कुरा त्यहाँको फुटबल एसोसिएसनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

७ सेप्टेम्बरका दिन डबलिनमा आयरल्यान्डसँग खेल्ने इंग्ल्यान्डले त्यसको ३ दिनपछि वेम्बलीमा फिनल्यान्डसँग खेल्नेछ । १४ जुलाईका दिन युरो फाइनलमा स्पेनसँग पराजयको सामना गरे यता टोलीको यो नै पहिलो खेल हो । सो खेलमा हारपछि गेराथ साउथगेटले राजीनामा दिएका थिए । उनको स्थानमा यु–२१ प्रशिक्षक कार्सललीलाई काम चलाऊ मेनेजर घोषित गरिएको हो ।उनले टोलीमा एन्जल गोमेज, टिभो लिभ्रामेन्टो, मोर्गान गिब्स ह्वाइट र नोनी माडुकेलाई टोलीमा बोलाइएको छ । लिलीका विङगर गोमेज, लिभरपुलका रक्षक लिभ्रेमान्टो, नटिङघम फरेस्टका मिडफिल्डर गिब्स ह्वाइट तथा चेल्सीका फरवार्ड माडुको कार्सलली यु–२१ मेनेजर हुँदा इंग्ल्यान्डको टोलीमा समावेश थिए । म्यानचेस्टर युनाइटेडका रक्षक हेरी माक्र्यु पनि टोलीमा बोलाइएका छन् ।

यसैगरी स्टार खेलाडी रोनाल्डो पनि क्रोएसिया र स्कटल्यान्डविरुद्धको नेसन्स कप फुटबलको टोलीमा समावेश भएका छन् । गत युरो कपका ६ खेलमा गोल गर्न असमर्थ उनलाई रोबर्टो मार्टिनेजले फेरी टोलीमा मौका दिएका छन् । साउदी अरेबियाको हल हिलालका लागि ४ गोल गरिसकेका उनले आक्रमणको भार नै थेग्ने अनुमान गरिएको छ । गोल्काल्मो रामोसले चोटका कारण यस खेल गुमाउने भएपछि रोनाल्डोमाथि थप जिम्मेवारी बढेको हो । पोर्चुगलका ४१ वर्षीय भेट्रान रक्षक पेपेले भने गत महिना सन्यासको घोषणा गरेका थिए ।

स्पोर्टिङ लिस्बनका १७ वर्षीय विङ्गर जियोभानी क्वेडालाई टोलीमा समावेश गर्दे मार्टिनेजले भविष्यको तयारी गरेका छन् । चेल्सीका बायाँ रेनाटो भेगा र लीलीका रक्षक टिएगो सान्टोस थप उदाहरण हुन् ।

पोर्चुगलको टोलीमा गोलरक्षक एफसी पोर्टोका गोलरक्षक डिएगो कोस्टा, उल्भ्सका जोसे सा र रियल बेटिसका रुइ सिल्भा छन् । यसै गरी, रक्षकहरूमा म्यानचेस्टर सिटीका रुबेन डियास, बेनफिकाका एन्टेनियो सिल्भा, स्पोर्टिङ लिस्बनका गोनकालो इनासियो, म्यानचेस्टर युनाइटेडका डिएगो डालोट, पेरिस सेन्ट जर्मनका नुनो मेन्डेस, र उल्भ्सका नेल्सन स्मेडो छन् ।

यसै गरी मिडफिल्डरहरूमा फुलहामका जाओ फालहिन्हा, पेरिस सेन्ट जर्मनका जाओ नेभेस र भिटिन्हा, म्यानचेस्टर युनाइटेडका ब्रुनो फर्नानडेज, म्यानचेस्टर सिटीका बर्नान्डो सिल्भा र अल हिलालका रुबेन नेभेस छन् । फरवार्डहरूमा चेल्सीका जओ फेलिक्स र पेड्रो नेटो, स्पोर्टिङ लिस्बनका फ्रान्सिस्को ट्रिन्काओ, स्पोर्टिङ लिस्बनका पेड्रो गोन्कालभेस, एसी मिलानका रायले निभाओ र लिभरपुलका डिएगो जोटा समावेस गरिएका छन् ।

गएको ओलम्पिकमा सानदार प्रदर्शन गरेका विङगर माइकल ओलिसे फ्रान्सको राष्ट्रिय टोलीमा समावेश गरिएका छन् । नाइजेरियन बाबु र फ्रेन्च अल्जेरियन आमाबाट लन्डनमा जन्मिएका उनी पछिल्लो समयका हेर्न लायक खेलाडीको रूपमा स्थापित छन् । थिएरी हेन्रीको प्रशिक्षणमा रहेको फ्रान्सेली ओलम्पिक टोलीमा रहँदा उनको प्रदर्शन सानदार थियो । उनी हालसालै क्रिस्टल प्यालेसबाट जर्मन क्लब वायरन म्युनिखमा ६० मिलियन युरोमा अनुबन्ध भएका छन् ।

गत प्रिमियर लिगमा उनले १९ खेलमा १० गोल गरे । फ्रान्सेली टोलीका प्रशिक्षक डिडियर डे्सक्याम्पले उनले गत ओलम्पिकमा सानदार प्रदर्शन गरेकै कारण राष्ट्रिय टोलीमा बोलाइएको बताएका छन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै

gbets casino

  • १२ घण्टा अगाडि

frapapa olympus of luck

  • १२ घण्टा अगाडि

Easybet

  • १२ घण्टा अगाडि

volcano slot

  • १२ घण्टा अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved