Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

रेकर्ड भएको ११५ बर्ष ‘राजमती’ गीतको नेपाली भर्सन रिलिज

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • १ वर्ष अगाडि

काठमाडौँ । नेपाली समाजमा करिब २ सय ५० वर्षअघि नै लोकप्रिय भई पुस्तान्तरण हुदै आएको र पहिलो पटक करिब ११५ बर्ष पहिला भारतको कलकत्तामा रेकर्ड गरिएको कालजयी गीत ुराजमती ुको नेपालीभाषामा पनि पुन लेखन ,संगीत र एरेन्ज गरी सार्वजनिक गरिएको छ । बुधबार काठमाडौमा आयोजित एक कार्यक्रम बीच वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले ुराजमती ुगीतको नेपाली भर्सन सार्वजनिक गर्नु भएको छ ।

नेपालको पहिलो गायक सेतुराम प्रधानले बिस १९६५ ताका भारतको कलकत्ता गई नेपाली र नेपालभाषाका राजमती सहित १४ वटा गीतहरू आफैँले गाएर ग्रामोफोन डिस्कमा रेकर्ड गराएका थिए । नेपालीले ग्रामोफोन डिस्कमा रेकर्ड गराएको पहिलो घटना यही हो । यही सर्वप्रिय गीतलाई नेपाली भर्सनमा गीतकार कृष्णदेव रिमालको भाषा सम्पादन, गायक कृष्ण काफ्लेको स्वर र सन्तोष श्रेष्ठको संगीत संयोजनमा ल्याइएको हो ।

गएको दुई सय ५० वर्षदेखि आजको मितिसम्मै उत्तिकै जोस, जाँगर र रसका साथ लगातार गाइने कालजयी गीतलाई अझ ससारभरका नेपालीभाषी थप परिचित बनाउने उद्देश्य सहित नेपाली भर्सनमा ल्याएको निर्माता कम्पनी ड्रिम वर्ल्ड अफ फिल्म मेकर्सले जनाएको छ । गीतलाई १०० वर्ष अगाडिको कथाबस्तु अनुसार नै बनाइएको र शोही अनुरुप भिडियो निर्माण गरिएको हो । सागर खनाल र सोनी लगुन लगायत धेरै कलाकार हरुको अभिनय रहेको भिडियोको कन्सेप्ट र निर्देशन सबनम मुखियाले गर्नु भएको छ भने गीतको प्रोड्युसर रश्मी प्याकुरेल हुनुहुछ भने म्युजिक नेपाल, सेन्सोडाइन टुथपेस्ट र करेन्ट चाउचाउ ले सहयोह गरेका छन् । कार्यक्रममा गायक सेतुराम प्रधानको परिवारलाई सम्मान गरिएको थियो भने रास्ट्रिय पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार बिजय रत्न तुलाधर र रास्ट्रिय युवा उद्धमी पुरस्कारबाट व्यवसायी फुपु तेञ्जिङ्ग शेर्पालाइ पुरस्कृत गरिएको छ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
iran-1

मध्यपूर्वको द्वन्द्व अन्त्यका लागि कूटनीति उपाय अपनाउन...

  • २ दिन अगाडि
InShot_20260228_150120445-scaled

उम्मेदवार पाएर उत्साहित हुप्सेकोट, सय जना कांग्रेसमा...

  • २ दिन अगाडि
namrata_sapkota

नम्रता सापकोटा विवाह बन्धनमा बाँधिएकी हुन् ?

  • ६ दिन अगाडि
congress

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

  • ६ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved