Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

दर्शकको प्रतिक्रियाबाट खुसी आँचल शर्मा

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • १ वर्ष अगाडि

काठमाडौँ । गएको शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘वर एण्ड वधु’मा दर्शकले दिएको साथबाट अभिनेत्री आँचल शर्मा खुसी देखिएकी छिन् । शनिबार बिहानैबाट नायिका आँचल शर्मा, नायक विवेक कर्माचार्य, निर्देशक मिलन चाम्स, निर्मात्री जानुका थापा, कलाकार दिनेश काफ्ले लगायत हलमा पुगेका थिए । उनीहरु शनिबार बेलुकीको शोजमा दर्शक भेट्न बनेपा समेत पुगेका थिए । हलहरुमा पुग्नेक्रममा मिडियासँग कुरा गर्दै आँचलले दर्शकको प्रत्यक्ष प्रतिक्रियाबाट आफूहरु निकै खुसी भएको बताइन् । उनले भनिन्–‘फिल्म हेर्न आउनुभएका दर्शकले यसको कथावस्तुदेखि सबै कुरा मन पराइदिनुभएको छ । यो नै ठूलो कुरा हो । दर्शकको यो मायाले उत्साहित छु ।’

यता, नायक विवेक कर्माचार्यले पहिले फिल्ममै दर्शकबाट पाएको साथ, हौसला र मायाले आफू निकै खुशी भएको बताए । आगामी दिनमा अझै मिहिनेत गरेर काम गर्ने विवेकको भनाई छ । निर्देशक मिलन चाम्सले चलचित्रको सिरिजि बनाउने संकेत गरे । आगामी दिनमा पनि चलचित्रमा दर्शकको फ्लो राम्रो भएको खण्डमा चलचित्रको सिरिज पनि बन्न सक्ने उनको भनाई थियो ।

चलचित्र हेरेका अधिकांश दर्शकले यसको संवाद ‘पानी खानु हुन्छ’लाई कण्ठै बनाएको पाइयो । अधिकांश दर्शक ‘पानी खानु हुन्छ’ भन्दै हलबाट निस्किएका थिए । चलचित्रमा किरण केसी, कुसुम शर्मा, गरिमा शर्मा, विजु पार्की, रविन्द्र खड्का, विजय लामा लगायतका कलाकारहरुको पनि अभिनय छ । एलआरेक इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रमा अमित रिजाल कार्यकारी निर्माताको रुपमा छन् । चलचित्रको कथावस्तु, यसको दृश्य, कलाकारहरुको अभिनय र कमेडी पाटोलाई दर्शकले रुचाएका छन् । प्रदीप भारद्धाजले लेखेको चलचित्रलाई सुदिप बरालले खिचेका हुन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
iran-1

मध्यपूर्वको द्वन्द्व अन्त्यका लागि कूटनीति उपाय अपनाउन...

  • १६ घण्टा अगाडि
InShot_20260228_150120445-scaled

उम्मेदवार पाएर उत्साहित हुप्सेकोट, सय जना कांग्रेसमा...

  • १७ घण्टा अगाडि
namrata_sapkota

नम्रता सापकोटा विवाह बन्धनमा बाँधिएकी हुन् ?

  • ५ दिन अगाडि
congress

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved