Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

नयाँ घरमा पानी नहालेको निहुँमा घरझगडा हुँदा २ छोरीको हत्या !

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ वर्ष अगाडि

१९ भदौ, विराटनगर । धनकुटाको पाख्रिबास नगरपालिका–४ डिकुरेका अर्जुन कार्की इटहरी-भोजपुर ट्याक्सी चलाउँछन् । मोरङ, सुन्दरहरैंचामा दिदीको परिवारसहित बसेर नजिकै नयाँ घर पनि बनाउँदै छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शुक्रबार भोजपुरबाट फर्किंदा उनले श्रीमती र दुई छोरीका लागि माछा लिएर आएका थिए । घरमा आउने बितिकै श्रीमती अस्मितासँग विवाद सुरु भइहाल्यो । विवादको मियो थियो-बन्दै गरेको घरमा पानी नहाल्नु ।

आफूसँग विवादपछि अस्मिता दुई छोरीहरू आइका (१) र अर्पणा(३)लाई लिएर त्यही दिन राति करिब ८ बजेतिर डेराबाट निस्किएको श्रीमान अर्जुनले प्रहरीसमक्ष बयान दिएका छन् ।

उनी घरबाट त्यसको भोलिपल्ट दुवै बालिकाको शव अंगालो मारेको अवस्थामा शनिबार दिउँसो स्थानीय नारायण न्यौपानेको केराघारीभित्र भेटियो । नजिकै विषादीको बट्टा र अस्मिताको मोबाइल फोन पनि भेटिएको थियो । तर, अस्मिता भने त्यहाँ थिइनन् ।

अर्जुनले प्रहरीलाई बताए अनुसार शुक्रबार राति अस्मिताले ‘तेरो छोरी मारेर म पनि मर्छु’ भन्दै म्यासेज गरेकी थिइन् । त्यसपछि राति नै खोजी गरे नभेटेपछि प्रहरीलाई खबर गरे ।

शनिबार दिउँसो छोरीको शव भेटेपछि प्रहरीले महिलाले पनि आत्महत्या गरेको आशंकामा नजिकै रहेको जंगलमा सर्च अपरेसन चलायो । हत्यापछि आत्महत्या गरेको आशंकामा जंगलमा तर चार दिन खोजी गर्दा भेटिइनन् । अन्य क्षेत्रमा पनि खोजी गर्दा महिला झापाको बिर्तामोडमा फेला परेकी छन् ।

उनी मानसिक रुपमा विक्षिप्तावस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । ‘बेपत्ता भएकी आमालाई विर्तामोडमा हिडिरहेको अवस्थामा फेला पारेर ल्याएका छौं’, मोरङ प्रहरी प्रवक्ता ज्ञानेन्द्रबहादुर बस्नेतले भने, ‘घटनाबारे थप अनुसन्धान हुँदैछ ।’

सडकमा अस्वस्थ अवस्थामा फेला पारेकी उनलाई कोशी अस्पताल विराटनगरमा लगिएको छ । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । २ बालिकाको हत्या कसरी भएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
khall

घरेलु मैदानमा मेक्सिकोको शान, ४० वर्षपछि नकआउट...

  • १ महिना अगाडि
asar 15

लोक सञ्चारकर्मी नेपालको रोपाइँ दिवस : राजु...

  • १ महिना अगाडि
GOAL-Multiple-Images-2-Split-Facebook-2025-12-08T221814.543.jpg-1024x576

आइभरी कोस्टलाई पराजित गर्दै नर्वे अन्तिम १६...

  • १ महिना अगाडि
director-speaking-1024x768

काठमाडौँमा चिनियाँ चलचित्र महोत्सव : ‘तियानतान अवार्ड...

  • २ महिना अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved