Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

हलमा लागे ‘सतीदेवी’ र ‘नमेटिने घाउ’

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ वर्ष अगाडि

काठमाडौं । शुक्रबार नेपालमा दुई नेपाली र एक विदेशीसहित तीन फिल्म रिलिज भएका छन् । नेपाली फिल्म ‘सतीदेवी’ र ‘नमेटिने घाउ’ सहित बलिउडको ‘वेदा’ प्रदर्शनमा आएको छ ।

लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’ महिलाप्रधान कथावस्तुमा आधारित छ । छोरीको चाहनामा छोरा जन्माउन खोज्ने समाजको पितृसत्तात्मक सोचविरुद्ध संघर्ष गर्ने महिलाको कथामा यो फिल्म बनेको छ ।

फिल्मको शीर्ष भूमिकामा मलिका महतले अभिनय गरेकी छन् । यो फिल्मले समाजमा छोरीको योगदान र भूमिकामालाई मर्मस्पर्शी ढंगले दर्शाएको छ । १३६ मिनेट लामो यो फिल्मलाई पीजी सर्टिफिकेट प्राप्त छ । विशेषगरी महिला दर्शकलाई यो फिल्मको कथाले छुनसक्ने देखिन्छ ।

फिल्ममा मलिकासहित हर्षिका वली, मञ्जिला बानियाँ, भोला सापकोटा लगायत अभिनय छ ।

रमित ढुंगाना निर्देशित सोसल ड्रामा फिल्म ‘नमेटिने घाउ’ पनि शुक्रबारदेखि प्रदर्शनमा आएको छ । नेपालका विभिन्न भूभाग र कालखण्डमा भएका एसिड आक्रमणका घटनाका पीडितलाई लिएर बनाइएको यो फिल्मले एसिड आक्रमणविरुद्धको सन्देश दिन्छ ।

यो फिल्ममा ३३ जनाभन्दा बढी एसिड आक्रमणका पीडितलाई अभिनय गराइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधव नेपालसहित केही सांसदले यो फिल्ममा अतिथि भूमिका निर्वाह गरेका छन् । यो फिल्मको रनटाइम १६० मिनेट छ ।

जोन अब्राहम, सारवरी र अभिषेक बनर्जी अभिनित बलिउडको फिल्म ‘वेदा’ पनि प्रदर्शनमा आएको छ । निखिल आडवाणी निर्देशित यो फिल्मलाई एक्सन, ड्रामा, थ्रिलर जनरामा राखिएको छ । मुलुकको प्रणालीविरुद्ध एक महिलाले गर्ने संघर्षको कथावस्तुमा यो फिल्मको निर्माण भएको छ । ‘वेदा’को रनटाइम १५१ मिनेट छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
iran-1

मध्यपूर्वको द्वन्द्व अन्त्यका लागि कूटनीति उपाय अपनाउन...

  • १५ घण्टा अगाडि
InShot_20260228_150120445-scaled

उम्मेदवार पाएर उत्साहित हुप्सेकोट, सय जना कांग्रेसमा...

  • १६ घण्टा अगाडि
namrata_sapkota

नम्रता सापकोटा विवाह बन्धनमा बाँधिएकी हुन् ?

  • ५ दिन अगाडि
congress

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved