Skip to content
Follow us:
Facebook
Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
Search
Close
Search
Close

एनपिएलको लोगो सार्वजनिक

  • अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • १ वर्ष अगाडि

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल) को लोगो सार्वजनिक गरेको छ । क्यानले सोमबार सेलिब्रेसन अफ क्रिकेट कार्यक्रमको आयोजना गर्दै एनपिएलको लोगो र मिति सार्वजनिक गरेको हो । एनपिएलको लोगो युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले अनावरण गरेका हुन् ।

नेपाल प्रिमियर लिगको लोगो सार्वजनिक गर्दै भने, ‘क्रिकेट रंगशालाहरू बनाउनका लागि प्राथमिकतामा राखेर धमाधम काम अगाडि बढाएको छु । धनगढी क्रिकेट रंगशाला, चितवनको अन्तराष्ट्रिय क्रिकेट रंगशाला लगायतका खेल पूर्वाधारहरू मेरै पालामा सुरू गर्छु ।’ उनले क्रिकेटका लागि धनगढीमा बन्न लागेको क्रिकेट रंगशाला सभ्य र भव्य रूपमा निर्माण हुनेमा विश्वाससमेत दिलाए । मन्त्री चौधरीले नेपालका मुख्य सहरहरूको नाममा आधारित फ्रेन्चाइज प्रणालीमा खेलिने क्रिकेट संघको उद्देश्य एकदमै सराहनीय रहेको भन्दै स्थानीयस्तरबाट क्रिकेट खेलाडी उत्पादन गर्नुपर्नेमा जोड दिए ।

‘अब नेपालका मुख्य सहरहरूको नाममा आधारित फ्रेन्चाइज प्रणाली ल्याउने क्यानको उद्देश्य सराहनीय छ’, उनले भने, ‘यसबाट स्थानीयस्तरबाट क्रिकेट खेलाडी उत्पादन गर्नुपर्छ । यो क्रिकेटको दीर्घकालीन विकासका लागि उत्तम हुन्छ ।’

नेपाल प्रिमियर लिग (एनपिएल)हुने निश्चित भएसँगै खेलाडीमा उत्साहसमेत बढेको छ । एनपिएलले खेलाडीमा उत्साह बढाएको हो । नेपाली राष्ट्रिय टिमका कप्तानसहित अधिकांश खेलाडीले आफ्नो अफिसियल आइडी तथा पेजको प्रोफाइल र कभरमा एनपिएलको लोगो राखेका छन् । कप्तान रोहित पौडेल, पूर्वकप्तान सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, गुल्सन झा, ललित राजवंशी, अभिनाश बोहरा, अनिलकुमार शाह, प्रतिश जिसी, भीम सार्कीले एनपिएलको लोगो अकाउन्टमा पोस्ट्याएका हुन् । क्यानका सचिव पारस खड्का र क्यानको अफिसियल पेजले पनि एनपिएलको लोगो राखेका छन् ।

क्यानले सार्वजनिक गरेको मितिअनुसार आउँदो १५ मंसिरदेखि ६ पुससम्म एनपिएल हुनेछ । नेपालमा फ्रेन्चाइज लिगको इतिहास लामो भए पनि विवादमुक्त भने छैन । आयोजक कम्पनीबीचको गुटबन्दीका कारण बैधानिक अख्तियारीमा विवाद पर्दै आएको थियो । २ वर्षअघि भने म्याच फिक्सिङको कारण नेपाली क्रिकेट नै बदनाममा परेको थियो । त्यसको घुमिल छाया अझ बाँकी छ । सो विवादमा क्यानसमेत मुछिएको थियो ।मुस्किलले लिग सञ्चालन भएको थियो । परन्तु, लिगको पुरस्कार रकम लामो समयसम्म नदिइएको कारण थप विवाद मच्चिएको थियो । यस वर्षको एनपिएल भने विगतको धुमिल छायाबाट पार पाउने अपेक्षा गरिएको छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै

gbets casino

  • १२ घण्टा अगाडि

frapapa olympus of luck

  • १२ घण्टा अगाडि

Easybet

  • १२ घण्टा अगाडि

volcano slot

  • १२ घण्टा अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved