Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

एमाले केन्द्रीय सदस्यमा इन्ट्री हुँदैछन् यी युवा नेताहरू

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २४ घण्टा अगाडि

काठमाडौँ । नेकपा एमालेको जारी ११ औँ महाधिवेशनमा केही चर्चित नयाँ अनुहार केन्द्रीय सदस्यमा इन्ट्री गर्दैछन् । यी चर्चित अनुहार प्रतिनिधि नभएकोले केही दिन अघिसम्म संशयमा थिए तर प्रतिनिधि मनोनयनमा परेपछि उनीहरू उत्साहित भएका छन् ।

केन्द्रीय कमिटीमा इन्ट्री हुन लागेका एमालेका चर्चित युवा नेतामध्ये एक हुन् सुनिता डङ्गोल हुन् । काठमाडौँ महानगरकी उपमेयर डङ्गोल स्पष्ट वक्ता तथा मोटिभेसन स्पिकर पनि हुन् ।

महानगरमा मेयर बालेनसँगको द्वन्द्वमा कहिले पार्टीको पक्षमा कहिले सँगै भिडेरै र कहिले समन्वय गरेर पार्टी भित्र आफ्नो स्पेस बनाइरहेकी छिन् । हिजो महाधिवेशन प्रतिनिधि मनोनयनमा परेपछि केन्द्रीय सदस्य हुने उनको बाटो खुलेको छ ।

यसैगरी ललितपुर उपमहानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्य पनि केन्द्रीय सदस्यको सूचीमा चढ्दै छिन् । उनलाई पनि मनोनयनमा परेपछि केन्द्रीय सदस्यको बाटो खुलेको हो ।

यसपटक केन्द्रीय सदस्यमा इन्ट्री गर्ने अर्का चर्चित व्यक्तित्व हुन् सुहाङ नेम्वाङ । १० औँ महाधिवेशनबाट उपाध्यक्ष भएका सुवासका छोरा सुहाङ २०८० मा बाबुको निधन भएपछि इलाम २ बाट निर्वाचन जितेर सांसद भएका थिए । महाधिवेशन स्थलमा धेरै जनाको आकर्षणको केन्द्र भएका सुहाङ एमालेको केन्द्रीय कमिटीमा जाने निश्चित जस्तै छ ।

यस्तै अर्का चर्चित व्यक्तित्व अब्दुस मियाँ पनि केन्द्रीय सदस्यमा इन्ट्री गर्दैछन् । पार्टी भित्रका सेलिब्रेटीको रूपमा रहेका मियाँ २०७९ को निर्वाचनमा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग चुनाव लडेका थिए ।

त्यसबाहेक बागलुङ एमालेका अध्यक्ष हिराबहादुर केसी पनि यो पटक केन्द्रीय सदस्यमा इन्ट्री हुदैछन् । दोस्रो कार्यकाल अध्यक्ष हाँकिरहेका केसी यसपटक केन्द्रीय सदस्य पदका सशक्त दाबेदारका रूपमा एमालेभित्र चिनिन्छन् । त्यसैगरी एमालेमा नौ वटा जिल्लाका अध्यक्षहरू दोहोरिएका छन् । ती सबैले केन्द्रीय सदस्य बन्ने चाहाना राखेका छन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
balen1

बालेनले ल्याए ‘आम नेपाली बुवा’, हेर्नूस ‘झरीपछिको...

  • १ दिन अगाडि
Mugu-1-1024x576

धुनी तापेर पढ्दै विद्यार्थी

  • १ दिन अगाडि
KP-Sharma-Oli-UML-Meeting-1024x682

एमाले केन्द्रीय कमिटी बैठक सुरु

  • २ दिन अगाडि
jhuma-limbu-1024x576

झुमाको कर्नाली सलल

  • २ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved