गायिका झुमा लिम्बूको नयाँ गीत ‘कर्नाली सलल’ सार्वजनिक भएको छ । गीत झुमाले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी हुन् । कर्णाली प्रदेशको स्थानीय लवजमा रहेको गीतमा स्थानीय परिवेशलाई समेटिएको प्रेम प्रस्तुत छ । गीतमा उमेरमै माया–प्रेम र घरबार बसाएको राम्रो भन्ने सन्देश दिइएको छ ।


गीतकार हर्क साउदले गीतमा कर्णालीका स्थानीयले बोल्ने शब्द र संगीतकार कालीप्रसाद बाँसकोटाले सोही क्षेत्रको संगीतलाई गीतमा राखेका छन् । गीतको भिडियोका अनिल सुब्बा र निर्मला लिम्बूको अभिनय छ । भिडियोका निर्देशक कृजन महत हुन् ।गायिका झुमाका अनुसार उनले यो गीत १० वर्ष अघिदेखि नै गाउँदै आएकी थिइन् । भिडियो भने अहिले निर्माण गरिएको हो ।











