Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

ठुला पूर्वाधारमा लगानी गर्न एनआरएनएलाई ढकालको आग्रह

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ७ महिना अगाडि

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको ठुला पूर्वाधारमा लगानी गर्न गैरआवासीय नेपालीहरू (एनआरएनए) लाई आग्रह गरेका छन् । गैर–आवासीय नेपाली संघको आयोजनामा काठमाडौँमा आयोजित ‘एनआरएनए ग्लोबल कन्क्लेभ’ अन्तर्गत पोलिसिज एन्ड प्लेटफर्म क्रियटिङ इनेबलिङ एन्ड इन्भायरोन्मेन्ट फर डायस्पोरा इन्भेस्टमेन्ट विषयक कार्यक्रममा बोल्दै उनले सो आग्रह गरेका हुन् ।

विश्वभरि फैलिएको नेपाली डायस्पोरा विशेषज्ञता, नवीनता र वित्तीय पुँजीको आधार भएको उल्लेख गर्दै अध्यक्ष ढकालले एकजुट भएर नेपालका केही गर्न सुझाव दिए । अध्यक्ष ढकालले भने, ‘एनआरएनए अलग अलग होइन एकजुट भएर जानु पर्दछ । नेपालीहरू जहाँ पनि राजनीति गर्ने भन्ने सन्देश प्रवाह भएको छ । यो सकारात्मक होइन । यसलाई चिर्दै एकताबद्ध भएर अगाडि बढ्न आग्रहसहित शुभकामना दिन्छु ।’

एनआरएनले उठाएका मुद्दाहरूमा महासंघले समर्थन गर्दै आएको चर्चा गर्दै उनले गैरआवासीय नेपालीलाई अधिकार मात्र नखोजेर देशप्रतिको कर्तव्यलाई पनि सम्झेर काम गर्न आग्रह गरे । उनले भने, ‘म विदेश यात्राका क्रममा डायस्पोराबाट कहिलेकाहीँ नकारात्मक टिप्पणी सुन्ने गरेको छु । अमेरिका, अस्ट्रेलिया, कोरियाको तुलनामा हाम्रो देशमा कम विकास भएको छ । तर हामीले केवल आलोचना मात्रै गर्ने कि नेपालको आर्थिक भविष्यका लागि साझा दृष्टिकोण बनाएर काम गर्न भन्ने हो । त्यसैले म एनआरएनएहरूसँगको अनुभव, पुँजी, सीप र प्रविधिलाई नेपालमा प्रयोग गरेर नेपाललाई पनि अरू देशजस्तै समृद्ध मुलुक बनाउन काम गर्न आग्रह गर्दछु ।’ नेपालमा लगानी गर्न एनआरएन इन्भेस्टमेन्ट कम्पनी स्थापना भए पनि पछि एनआरएनए लगानीकर्ताको स्वामित्व परिवर्तन भएको र कम्पनीले प्रतिफल दिन नसकेको भन्दै उनले स्थापित कम्पनीलाई उद्देश्य अनुरूप अगाडि बढाउन सुझाव दिए ।

लगानीमैत्री वातावरण तयार गर्न आग्रह

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष बद्री केसीले गैरआवासीय नेपालीलाई लगानीमैत्री वातावरण तयार गर्न आग्रह गरेका छन् । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको ‘एनआरएनए ग्लोबल कन्क्लेभ’ कार्यक्रममा अध्यक्ष केसीले उक्त आग्रह गरेका हुन् । उनले नेपालमा लगानी गर्ने सहज वातावरण अझै पनि नभएको भन्दै आर्थिक समृद्धिका लागि एनआरएनलाई लगानीमैत्री वातावरण बनाउन सरकारसँग आग्रह गरेका हुन् ।‘समृद्ध नेपाल बनाउन हामी गैरआवासीय नेपालीहरूले साथ दिन्छौँ तर, हाम्रा माग सम्बोधन गर्न सरकार तयार हुनुपर्छ’, अध्यक्ष केसीले भने, ‘आर्थिक राजनीति र सामाजिक अधिकारका लागि हामीले उठाएका माग पूरा गर्न सरकारले सहयोग गरोस् । लगानीमैत्री वातावरण बनाएमा गैरआवासीय नेपालीले स्वदेशमा लगानी गरेर रोजगारी वृद्धि तथा आर्थिक विकासमा सहयोग गर्नेछन् ।’

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
y_t4IhGjxkTQ

एमाले केन्द्रीय सदस्यमा इन्ट्री हुँदैछन् यी युवा...

  • १ दिन अगाडि
balen1

बालेनले ल्याए ‘आम नेपाली बुवा’, हेर्नूस ‘झरीपछिको...

  • १ दिन अगाडि
Mugu-1-1024x576

धुनी तापेर पढ्दै विद्यार्थी

  • १ दिन अगाडि
KP-Sharma-Oli-UML-Meeting-1024x682

एमाले केन्द्रीय कमिटी बैठक सुरु

  • २ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved