Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

रेल सेवा उद्घाटनको तयारी

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

लामो समयको पर्खाइपछि जयनगर–कुर्था रेलसेवा औपचारिक रूपमा सञ्चालन हुने भएपछि उद्घाटन तयारीका लागि कर्मचारीहरू खटिएका छन् । औपचारिक रूपमा रेल सेवा उद्घाटन हुने मिति तय भएपछि नेपाल रेल–वे कम्पनीका कर्मचारीहरू त्यसको तयारीमा जुटेका हुन् । सो कम्पनीले खरिद गरेको करिब दुई वर्ष बित्नलाग्दा समेत रेल सञ्चालनमा नहुँदा स्थानीय एवं रेलका कर्मचारी आत्तिएका थिए ।

तर, अब भने मिति तय भएपछि स्थानीय, व्यापारी कर्मचारी सबै खुसी भएका छन् । पटकपटक सञ्चालन हुने भनिए पनि सञ्चालनमा आउन नसके रेल यही चैत ८ गते मङ्गलबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेल–वे अध्यादेश, २०७८ जारी गरेपछि रेल–वे कम्पनी रेल सेवा सञ्चालनका लागि जुटेको हो । ‘रेल सेवा सञ्चालनका लागि सम्पूर्ण तयारी फागुन १ गतेभन्दा पहिले नै भए पनि कानुन अभावमा औपचारिक रूपमा सञ्चालन गर्न सकेका थिएनौँ । तर, अध्यादेश जारीपछि भने उद्घाटन मिति तय भएको हो,’ नेपाल रेल–वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले भने ।

उनले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा संयुक्त रूपमा भर्चुअल माध्यमबाट उद्घाटन हुने जानकारी दिँदै अब रेल सेवा सञ्चालनमा कुनै समस्या नहोस् भन्ने उद्देश्यका साथ रेल–वेका कर्मचारी सेवा सञ्चालन तथा उद्घाटनमा कुनै कमिकमजोरी हुन नदिन जोडतोडका साथ तयारीमा जुटेको बताए । आउने १९ गते शनिबार नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
bale

हत्कडी लगाएर बलेलाई सरकारी वकिलको कार्यालयमा लगियो

  • ३४ मिनेट अगाडि
narayan-kandel

महान्यायाधिवक्तामा डा. नारायण कँडेल नियुक्त

  • ३९ मिनेट अगाडि
शिक्षामन्त्री पोखरेलद्वारा पदभार ग्रहण
काठमाडौँ १३ चैतः शिक्षा, विज्ञान तथा प्रविधि एवं युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेल शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्नुहुँदै । तस्बिरः मुना कार्की ÷रासस

सरकारी कार्यालय अबदेखि बिहान ९ देखि साँझ...

  • ४३ मिनेट अगाडि
Dp-aryal-3

सभामुख डोलप्रसाद अर्यालले गरे पद बहाली

  • ४९ मिनेट अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved