Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

को हुन् यी नेता ? जसले ५३ वर्ष कान्छीसँग गरे ‘विवाह’

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

इटलीका पूर्व प्रधानमन्त्री सिल्वियो बर्लुस्कोनीले आफूभन्दा ५३ वर्ष कान्छी महिलासँग प्रतिकात्मक विवाह गरेका छन् । यसका तस्बिर पनि सार्वजनिक भएका छन् । जसमा ८५ वर्षका बर्लुस्कोनी, ३२ वर्षकी मार्ता फासिनासँग ‘प्रेमको उत्सव’ मनाइरहेको देखिएका छन् । स्मरण रहोस्, मार्ता फासिना आफैं पनि एक सांसद हुन् ।

यो समारोह मिलानको लेस्मो शहरको एक ऐतिहासिक स्थल विला गेर्नेटोमा भयो । यो समारोह विवाह जस्तै देखिएतापनि उनीहरुले आधिकारिक रुपमा विवाह भने गरेनन् किनभने यी दुईको परिवारबीच सम्पत्तिको विषयमा झगडा छ । बर्लुस्कोनीको यो निर्णयले उनीहरुका पाँच सन्तान असन्तुष्ट भएको बताइन्छ । वास्तवमा विवाहपछि बर्लुस्कोनीको ५ बिलियन पाउन्ड (८ खर्ब रुपैयाँ) को सम्पत्तिमा फासिनाको पनि अधिकार लाग्नेछ ।

फासिना यसअघि फ्रान्सेस्का पास्कलसँग सम्बन्धमा थिइन् । तर सन् २०२० मा उनीहरुको ब्रेकअप भयो । अब अहिले उनी आफूभन्दा ५३ वर्ष जेठा व्यक्तिसँग सम्बन्धमा भएका कारण चर्चामा छिन् ।

इटलीको समाचार एजेन्सी एएनएसएका अनुसार फासिनाले केलाब्रियन भाषामा ग्रेजुएशन गरेकी छिन् । सोसल मिडियामा उनी असाध्यै चर्चित छिन् ।

यद्यपि, असाध्यै कम उमेरकी महिलामा बर्लुस्कोनीको रुची देखेर धेरैलाई अचम्म पनि लागिरहेको छैन किनभने उनको नाम सेक्स वर्करसँगको स्क्यान्डलमा पनि जोडिन्छ । उनीमाथि अहिले पनि एक नाबालिगमाथिको यौन सम्बन्धको मामिलामा साक्षीलाई पैसा दिएको आरोप लागिरहेको छ ।

पूर्व प्रधानमन्त्रीलाई सुरुमा फेब्रुअरी र मे २०१० को बीचमा यौन सेवाका लागि नाबालिग मोरक्कन यौनकर्मी रुबी द हार्ट स्टिलर भनिने करिमा एल महरुगलाई ६ मिलियन पाउन्ड (९६ करोड रुपैयाँ) तिरेको आरोप लागेको थियो । तर पनि उनलाई पुनरावेदनमा दोषी ठहर गर्न सकिएन ।

बुर्लस्कोनीमाथि सन् २०१३ मा कर छलीको पनि आरोप लागेको थियो । त्यसपछि सरकारी कार्यालयमा उनको नियुक्तिमाथि रोक लगाइएको थियो । उनी अनियमितता र ठगीका कयौँ मुद्दाका आरोपी पनि हुन् ।

बर्लुस्कोनीको स्वास्थ्यको विषयमा पनि मिडियामा विभिन्न खालका खबर आइरहन्छन् । स्वास्थ्य अवस्थाबारे कुरा उठाउँदै उनले प्रधानमन्त्रीको उम्मेदवारीबाट आफ्नो नाम फिर्ता लिएका थिए । त्यसपछि सर्जियो मटरेलालाई इटलीका नयाँ प्रमुख बनाइएको थियो ।

 

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
bale

हत्कडी लगाएर बलेलाई सरकारी वकिलको कार्यालयमा लगियो

  • ५ घण्टा अगाडि
narayan-kandel

महान्यायाधिवक्तामा डा. नारायण कँडेल नियुक्त

  • ५ घण्टा अगाडि
शिक्षामन्त्री पोखरेलद्वारा पदभार ग्रहण
काठमाडौँ १३ चैतः शिक्षा, विज्ञान तथा प्रविधि एवं युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेल शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्नुहुँदै । तस्बिरः मुना कार्की ÷रासस

सरकारी कार्यालय अबदेखि बिहान ९ देखि साँझ...

  • ५ घण्टा अगाडि
Dp-aryal-3

सभामुख डोलप्रसाद अर्यालले गरे पद बहाली

  • ५ घण्टा अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved