Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

अर्थतन्त्रको अवस्थाप्रति प्रधानमन्त्री देउवाको गम्भीर चासो

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको पछिल्लो आर्थिक अवस्थाप्रति गम्भीर चासो देखाउँदै थप खस्कन नदिन र सबल बनाउनेमा संवेदनशील बन्न सरोकारवालालाई आग्रह गरेका छन् । राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई मङ्गलबार सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री देउवाले बढ्दो मूल्य वृद्धि, चुलिँदो व्यापार घाटा, खस्कँदो विदेशी मुद्रा सञ्चितीको अवस्थाप्रति चनाखो बन्न सरोकारवालालाई निर्देशन दिए ।

प्रत्येक चार महिनामा बस्नुपर्ने समाधान समितिको यो बैठक देउवा प्रधानमन्त्री भएपछि पहिलो पटक बसेको हो । बैठकमा राष्ट्रिय योजना आयोगका पदाधिकारी, मन्त्री, प्रदेश मुख्य मन्त्रीहरू, विभिन्न मन्त्रालयका सचिवहरू, जिल्ला समन्वय समिति तथा गाउँपालिका राष्ट्रिय महासङ्घका पदाधिकारीसमेत सहभागी थिए । राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुँयालका अनुसार, प्रधानमन्त्री देउवाले अर्थतन्त्रको संवर्द्धन र विकासको प्रवद्र्धनमा सावधानी अपनाउन आग्रह गरे ।

“व्यापार घाटा न्यून गर्न, वैदेशिक मुद्रा सञ्चिति बढाउनका लागि आयात प्रतिस्थापनका उपाय अपनाउन सबैले ध्यान दिनुस् ।” बैठकमा प्रधानमन्त्री देउवाले भने, “पेट्रोलियम पदार्थको खपत घटाउन विद्युत् खपत बढाउने नीतिलाई कार्यान्वयन गर्ने कुरालाई अझै प्राथमिकता दिनुपर्छ ।” बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पनि आयात प्रतिस्थापनका लागि सक्दो पहल भइरहेको जानकारी गराए । फुुँयालका अनुसार, बैठकमा राष्ट्रिय गौरवका आयोजनाको प्रगति विवरण पनि विश्लेषण गरिएको थियो । यो समाचार गोरखापत्र दैनिकमा छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
bale

हत्कडी लगाएर बलेलाई सरकारी वकिलको कार्यालयमा लगियो

  • २ दिन अगाडि
narayan-kandel

महान्यायाधिवक्तामा डा. नारायण कँडेल नियुक्त

  • २ दिन अगाडि
शिक्षामन्त्री पोखरेलद्वारा पदभार ग्रहण
काठमाडौँ १३ चैतः शिक्षा, विज्ञान तथा प्रविधि एवं युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेल शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्नुहुँदै । तस्बिरः मुना कार्की ÷रासस

सरकारी कार्यालय अबदेखि बिहान ९ देखि साँझ...

  • २ दिन अगाडि
Dp-aryal-3

सभामुख डोलप्रसाद अर्यालले गरे पद बहाली

  • २ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved