Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

देउवाले विश्वासपात्र खोज्दा कांग्रेसले बनाउन सकेन संसदीय समिति

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

१५ चैत, काठमाडौं । नेताहरुबीच हानाथाप भएपछि स्थानीय तह निर्वाचनमा उम्मेदवार चयन गर्ने नेपाली कांग्रेसको शक्तिशाली निकाय केन्द्रीय संसदीय समिति गठन हुन सकेन ।

विधानअनुसार स्थानीय निर्वाचनमा वडा सदस्य र वडाअध्यक्षको उम्मेदवार पार्टीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र स्तरीय समिति, गाउँपालिका अध्यक्षको जिल्ला, नगर र उपमहानगरको प्रदेश समितिले चयन गर्नेछ । महानगरपालिका प्रमुख र उपप्रमुखका साथै प्रदेश र प्रतिनिधिसभा सदस्यको उम्मेदवार केन्द्रीय संसदीय समितिले चयन गर्नुपर्छ ।

 

यस्तो समितिले मनोनयनको एक महिनाअघि नै उम्मेदवार चयन गरिसक्नुपर्ने विधानमा व्यवस्था छ । तर चार दिनसम्म चलेको केन्द्रीय कार्यसमितिको बैठकले पनि केन्द्रीय संसदीय समिति बनाउन सकेन ।

समितिमा पर्ने आकांक्षा राखेका नेताहरु धेरै भएपछि सभापति शेरबहादुर देउवाले मंगलबारको केन्द्रीय समितिको बैठकमा २५ सदस्यीय समितिका लागि नाम प्रस्ताव गर्न सकेनन् । केन्द्रीय संसदीय समितिमा पार्टीका १४ पदाधिकारी स्वतः सदस्य हुनेछन् भने ११ जना सभापतिले मनोनित गर्नेछन् ।

 

संसदीय समिति गठनमा देउवाले वरियता क्रमलाई आधार बनाउन सक्थे । यसो गर्दा सभापतिमा आफूसँग प्रतिस्पर्धा गरेका डा. शेखर कोइराला पनि पर्दैनन् । किनकी उनले तोकेको वरियतामा कोइराला २६ औं स्थानमा छन् । उनलाई संसदीय समितिमा राख्न देउवा सहमत छन् । तर वरियता मिचेर शेखरलाई समेट्दा आफू निकट बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की र एनपी साउदलाई पनि संसदीय समितिमा ल्याउन चाहन्छन् ।

संसदीय समितिमा उनीहरुलाई समेट्दा वरियता क्रममा अगाडि रहेका नेताहरु डा. रामशरण महत, अर्जुननरसिंह केसी, चित्रलेखा यादवको नाम काटिनेछ । यसमा संस्थापन इतरका नेताहरु तयार छैनन् । ‘सभापतिले नै निर्माण गरेको वरियतामा अगाडि रहेका नेतालाई हटाएर पछि रहेकालाई राख्ने बल गर्नुभयो’ एक नेता भन्छन्,‘वरियतामा पछि रहेका नेताहरुलाई बोर्डमा राख्न रोजेपछि सहमति जुट्न सकेन ।’

वरियताक्रममा पूर्वकोषाध्यक्ष चित्रलेखा यादव २१औं, पूर्वसहमहामन्त्रीद्वय डा. रामशरण महत र अर्जुननरसिंह केसी क्रमश: २२ र २३औं स्थानमा छन् । उनीहरुको सट्टा २८ औं स्थानमा रहेका बालकृष्ण खाँण, २९ औं स्थानमा रहेका ज्ञानेन्द्रबहादुर कार्की र ३७ औं स्थानमा रहेका एनपी साउदलाई संसदीय समितिमा ल्याउने देउवाको जोड छ । ‘सभापतिले जम्मा ११ जना थप्न पाउनुहुन्छ,’ उपसभापति धनराज गुरुङले भने, ‘आकांक्षी धेरै हुँदा गठन हुन सकेन ।’

केन्द्रीय समितिको बैठकमा संसदीय समिति गठन गर्ने एजेण्डा राखिए पनि त्यस विषयमा छलफल नै हुन सकेको थिएन । चार दिन बसेको बैठकमा नेताहरुले स्थानीय तह निर्वाचनमा तालेमल गर्ने कि नगर्ने भन्ने विषयमा धेरै छलफल गरे । मंगलबार सकिएको बैठकले स्थानीय आवश्यकताका आधारमा सत्तारुढ दलहरुसँग तालमेल गर्ने निर्णय गरेको छ ।

संसदीय समिति गठनका लागि अर्को केन्द्रीय कार्यसमितिको बैठक कुर्नुपर्ने भएको छ । संसदीय समिति गठनका लागि छलफल नपुगेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । ‘सभापति भारत भ्रमणमा गएर फर्केपछि छलफल गरी संसदीय समिति गठन हुन्छ,’ प्रवक्ता महतले भने ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
bale

हत्कडी लगाएर बलेलाई सरकारी वकिलको कार्यालयमा लगियो

  • १ दिन अगाडि
narayan-kandel

महान्यायाधिवक्तामा डा. नारायण कँडेल नियुक्त

  • १ दिन अगाडि
शिक्षामन्त्री पोखरेलद्वारा पदभार ग्रहण
काठमाडौँ १३ चैतः शिक्षा, विज्ञान तथा प्रविधि एवं युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेल शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्नुहुँदै । तस्बिरः मुना कार्की ÷रासस

सरकारी कार्यालय अबदेखि बिहान ९ देखि साँझ...

  • १ दिन अगाडि
Dp-aryal-3

सभामुख डोलप्रसाद अर्यालले गरे पद बहाली

  • १ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved