Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

नेपालको तीनदिने भ्रमण सम्पन्न गरी चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यी स्वदेश फर्किएका छन् । विदेशमन्त्री वाङको भ्रमणले नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपेको विश्लेषण कूूटनीतिक क्षेत्रको छ । यस भ्रमणले एक–अर्कामा कुनै पनि संशय अन्त्य गर्न मद्दत मिलेको राय राजनीतिक विश्लेषकको छ ।

नेपाल र चीनबीच सन् १९५५ अगस्ट १ मा औपचारिक रूपमा कूटनीतिक सम्बन्ध कायम भएयता द्विपक्षीय कूटनीतिक सम्बन्धमा मैत्रीभाव, समझदारी, आपसी सहयोग र सहकार्य, एक–अर्काको समान हैसियतलाई प्राथमिकता दिँदै आएको छ ।

चीनका लागि पूर्वराजदूत राजेश्वर आचार्य भन्छन्, “चीनका विदेशमन्त्री वाङ नेपाल बुझेका राजनीतिज्ञ हुनुहुन्छ । नेपाल र नेपालीप्रति सद्भाव राख्नुहुन्छ भन्ने कुरा मैले उहिल्यै चाल पाएको थिएँ ।” उनले करिब २४ वर्षअघि वाङसँग समकक्षीको भूमिकाका काम गर्दाको अनुभव स्मरण गर्दै भने, “वाङ नेपाल मामिलामा अधिक जानकारी राख्नुहुन्छ ।”

नेपाल–चीन सम्बन्ध कसैले चाहेर पनि तोडिन नसक्ने आचार्य बताउछन्। उनी भन्छन्, “नेपालको सार्वभौमिकताको सम्मानमा चीनले नेपाललाई पहिलो प्राथमिकतामा राख्छ । अनि एक चीन नीतिप्रति नेपाल सदैव अडिग रहन्छ ।”

अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन )एमसीसी) अनुमोदनपछि विभिन्नखाले टीका–टिप्पणी चलिरहेको सन्दर्भमा यो भ्रमणले शङ्का निवारणमा मद्दत पुगेको छ । नेपालमा चीनविरोधी गतिविधि सञ्चालन हुन्छ कि भन्ने मित्रराष्ट्र चीनको शङ्कालाई यो भ्रमणले अन्त्य गरेको छ ।

पूर्वराजदूत आचार्यका अनुसार, प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्काले चिनियाँ पक्षको त्यसखालको शङ्कामा निश्चिन्त पार्ने प्रयास गरे ।

प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक चीन नीतिप्रतिको प्रतिबद्धतापछि चिनियाँ पक्षमा रहेको शङ्का अन्त्य गरेको उनी बताउछन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।

 

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
bale

हत्कडी लगाएर बलेलाई सरकारी वकिलको कार्यालयमा लगियो

  • २ दिन अगाडि
narayan-kandel

महान्यायाधिवक्तामा डा. नारायण कँडेल नियुक्त

  • २ दिन अगाडि
शिक्षामन्त्री पोखरेलद्वारा पदभार ग्रहण
काठमाडौँ १३ चैतः शिक्षा, विज्ञान तथा प्रविधि एवं युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेल शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्नुहुँदै । तस्बिरः मुना कार्की ÷रासस

सरकारी कार्यालय अबदेखि बिहान ९ देखि साँझ...

  • २ दिन अगाडि
Dp-aryal-3

सभामुख डोलप्रसाद अर्यालले गरे पद बहाली

  • २ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved