Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

पहरो खोपेर बुद्धको मूर्ति

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

ओखलढुङ्गाको सुनकोसी गाउँपालिका–५, मूूलखर्कमा रहेको नागीभीरको पहरालाई खोपेर बुद्धको मूर्ति बनाइँदै छ । एक वर्षदेखि चार जना मूर्तिकारले निरन्तर मूर्ति खोप्ने काम गरिरहेका छन् । मूर्तिकारले बुद्धको अनुहार र टाउको बनाउने काम अन्तिम चरणमा पु-याएका छन् । नागी सानोभीर पहरेपाखा सामुदायिक वन क्षेत्रमा पर्ने यो विशाल पहराको नाम नागीभीर हो ।

मूलखर्कमा जन्मिनुभएका ३१ वर्षीय युवा मनकुमार तामाङको व्यक्तिगत लगानी र योजनामा अनकन्टार नागीभीरको पहारामा बुद्धको मूर्ति बनाउने काम थालिएको छ । पहारामा २७ फिट अग्लो बुद्धको मूर्ति बनाउन होटेल व्यवसायी तामाङको व्यक्तिगत ३७ लाख रुपियाँ र अन्य दुई जना स्थानीयको दुई लाख रुपियाँ गरी ३९ लाख रुपियाँ खर्च भइसकेको छ । बुद्धको शिर कुँद्ने काम अन्तिम चरणमा पुगेको छ ।

१२८ फिट अग्लो चट्टानमा मूर्ति कुँद्नका लागि करिब १० लाख रुपियाँमा एक हजार सात सयवटा बाँसको खट बनाइएको छ । सुरुमा ११२ फिट अग्लो बुद्धको पूर्ण कदको मूर्ति निर्माण गर्ने योजना गरिएको भए पनि खर्च अभावले हाल शिर मात्र बनाइने तामाङले जानकारी दिए ।

मूर्ति कुँद्नका लागि काठमाडौँ दक्षिणकालीका मूर्तिकार सुकुराम दिम्दोङ तामाङको नेतृत्वमा गोदावरीका सहित चार जना कालीगढ खटिएका छन् । एक वर्षअघि काम सुरु गरिए पनि कोभिड–१९ का कारण केही समय रोकिएको थियो । निर्माणकर्ता मनकुमारले आगामी बुद्धजयन्तीमा बुद्ध मूर्तिको अनावरण गर्ने योजना रहेको बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
bale

हत्कडी लगाएर बलेलाई सरकारी वकिलको कार्यालयमा लगियो

  • २ दिन अगाडि
narayan-kandel

महान्यायाधिवक्तामा डा. नारायण कँडेल नियुक्त

  • २ दिन अगाडि
शिक्षामन्त्री पोखरेलद्वारा पदभार ग्रहण
काठमाडौँ १३ चैतः शिक्षा, विज्ञान तथा प्रविधि एवं युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेल शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्नुहुँदै । तस्बिरः मुना कार्की ÷रासस

सरकारी कार्यालय अबदेखि बिहान ९ देखि साँझ...

  • २ दिन अगाडि
Dp-aryal-3

सभामुख डोलप्रसाद अर्यालले गरे पद बहाली

  • २ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved