इजरायलको दक्षिणी भागमा भएको आक्रमणमा चार इजरायलीको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको प्रहरीले जनाएको छ । तीनजनालाई बेरशेबाको बिग सपिङ सेन्टर बाहिर छुरा प्रहार गरी हत्या गरिएको थियो भने चौथोलाई आक्रमणकारीले चलाएको गाडीले किचिएको उनीहरूले जानकारी दिएका छन् । आक्रमणकारीलाई एक बस चालकले गोली हानेर मारेका थिए ।


इजरायलको आन्तरिक सुरक्षा एजेन्सीले आक्रमणकारी इजरायली अरब भएको बताइएको छ जसलाई एक पटक इस्लामिक स्टेट (आईएस) समूहलाई समर्थन गरेको आरोपमा पक्राउ गरिएको थियो । उनको नाम मुहम्मद गालेब अहमद अबु अल्कियान रहेको र उनी बेरशेबाबाट १२ माईल (१९ किलोमिटर) पूर्वमा हुराको बेदुइन सहरका हाई स्कूल शिक्षक रहेको उल्लेख गरिएको छ ।











