Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

प्रहरीमा थप गरिएका तीनवटा पदमा बढुवाको प्रक्रिया सुरु

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

काठमाडौँ, चैत ८ गते । नेपाल प्रहरीमा थप गरिएका तीनवटा पदका लागि अब बढुवाको प्रक्रिया सुरु भएको छ । यो प्रक्रिया सुरु भएसँगै प्रहरीमा वरिष्ठ प्रहरी नायब निरीक्षक (वसई), वरिष्ठ प्रहरी हबल्दार (वह) र सहायक हबल्दार (सह)मा बढुवाको बाटो खुलेको हो।

सरकारले प्रहरी कर्मचारी नियमावली-२०७१ संशोधन स्वीकृत गरेसँगै थप गरिएका पदमा बढुवाका लागि बाटो खुलेको हो । केन्द्रीय प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विष्णुकुमार केसीले अबको १०/१५ दिनभित्र पदोन्नति गरिसक्ने बताए । तल्लो दर्जाका प्रहरी कर्मचारीलाई प्रोत्साहनस्वरूप आत्मबल बढाउन तीनवटा नयाँ पद सिर्जना गरिएको हो । कार्यसम्पादन मूल्याङ्कन भन्दा वरिष्ठताका आधारमा पदोन्नति तथा बढुवामा सिफारिस गरिने भएको छ।

प्रवक्ता केसीले भने, “कारबाहीमा परेकाबाहेक प्रबल दाबेदारलाई वरिष्ठताकै आधारमा ‘ब्याच’अनुसार बढुवा गर्ने तयारी भइरहेको छ । पदोन्नति भएकाहरू दर्ज्यानी चिह्न पहिरिएर २०७९ वैशाख ३० गते हुने निर्वाचनको सुरक्षामा खटिने छन् । वरिष्ठ सईमा एक हजार ४१८, वरिष्ठ हबल्दारमा तीन हजार ७४८ र सहायक हबल्दारमा १५ हजार २४१ जनाको दरबन्दी स्वीकृत भएको छ । त्यस्तै सईको दरबन्दी दुई हजार ८७८, हबल्दारको ११ हजार २४१ र सिपाहीको ३० हजार ९६६ कायम गरिएको छ । करिब ७६ हजार प्रहरी जनशक्ति रहेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
bale

हत्कडी लगाएर बलेलाई सरकारी वकिलको कार्यालयमा लगियो

  • २ दिन अगाडि
narayan-kandel

महान्यायाधिवक्तामा डा. नारायण कँडेल नियुक्त

  • २ दिन अगाडि
शिक्षामन्त्री पोखरेलद्वारा पदभार ग्रहण
काठमाडौँ १३ चैतः शिक्षा, विज्ञान तथा प्रविधि एवं युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेल शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्नुहुँदै । तस्बिरः मुना कार्की ÷रासस

सरकारी कार्यालय अबदेखि बिहान ९ देखि साँझ...

  • २ दिन अगाडि
Dp-aryal-3

सभामुख डोलप्रसाद अर्यालले गरे पद बहाली

  • २ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved