Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

द कश्मीर फाइल्सले ११ दिनमा कमायो १८० करोड

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

अभिनेता अनुपम खेर स्टारकाे ‘द कश्मीर फाइल्स’ ले बक्स अफिसमा लगातार रेकर्ड तोडिरहेको छ । विवेश रंजन अग्निहोत्रीको निर्देशनमा बनेको यो फिल्मले कश्मीरी पण्डितको दुःख बताउँछ । ११ मार्चमा सिनेमाघरमा रिलिज भएको यो फिल्मले दोस्रो साताको चौथो दिन करीब १३ करोड भारु कलेक्सन गरेको छ । यसैगरी फिल्मले ११ दिनमा हालसम्म करीब १८० कारोड भारुको व्यापार गरेको छ । व्यापार विश्लेषकका अनुसार यो फिल्म छिट्टै २०० करोड भारुको आंकडा पार गर्ने छ ।

‘द कश्मीर फाइल्स’ले ‘सूूर्यवंशी’, ‘स्पाइडरम्यान’लाई पछि पारेको छ
तरण आदर्शले सोशल मिडियामा पोस्ट सेयर गरेर फिल्मले भारतमा दोस्रो साताको चौथो दिन अर्थात ११ औ दिनमा १२.४० करोड भारुको बक्स अफिस कलेक्सन गरेको बताएका छन् । यो भन्दा पहिले फिल्मले दोस्रो साताको तेस्रो दिन २६.२० करोड, दोस्रो दिन २४.८० करोड र पहिलो दिन १९.१५ करोड भारुको व्यापार गरेको थियो । यसैगरी फिल्मले भारतमा ७ दिनमा अर्थात पहिलो सातामै ९७.३० करोड भारु बक्स अफिसमा कलेक्सन गरेको थियो । यस किसिमबाट फिल्मले ११ दिनमा हाल सम्म भारतमै कुल १७९.८५ करोड भारुको व्यापार गरेको छ ।

तरण आदर्शले पोस्टमा यो फिल्मलाई ऐतिहासिक, सबै समयको ब्लकबस्टर र सेन्सेसनल भएको पनि बताएका छन् । महामारीपछिको समयमा दोस्रो साताको व्यापारको मामिलामा ‘द कश्मीर फाइल्स’ले ‘सूर्यवंशी’,‘८३’ र हलिउडको उत्कृष्ट मानिएको फिल्म ‘स्पाइडर म्यान’ को रेकर्ड नाफालाई पछि पारेको छ । रिपोर्टका अनुसार दोस्रो सातामा सूर्यवंशीले १६२.५० करोड भारुको खुद व्यापार गरेको थियो ।

दोस्रो सातामा फिल्मका लागि ४००० हलको व्यवस्था
धेरैजस्तो अवस्थामा फिल्म रिलिज भएको दोस्रो सातामा फिल्मको कलेक्सन घट्न थाल्छ । तर ‘द कश्मीर फाइल्स’को मामिलामा यस्तो भएको छैन ।

लगभग १२ करोडको लागतमा बिना कुनै ठूला स्टार ‘द कश्मीर फाइल्स’ बलिउडको यस्तो पहिलो फिल्म हो, जसको व्यवसायमा लगातार उछाल देख्न पाइएको छ । यती मात्रै होइन पहिलो दिनमा फिल्मका लागि पुरै देशमा केवल ६०० हल मात्रै प्राप्त भएको थियो । तर फिल्मप्रति दर्शकको आकर्षणका कारण हलको संख्या ६०० बाट बढाएर २००० पु¥याइएको थियो । अब दोस्रो साताको सुरुवातमा फिल्मका लागि हलको संख्या ४००० पु¥याइएको छ ।

फिल्ममा छैनन् कुनै ठूला स्टार
यस फिल्ममा अनुपम खेर बाहेक मिथुन चक्रवर्ती, दर्शन कुमार, पल्लवी जोशी, पुनीत इस्सर, मृणाल कुलकर्णी समेत कयौ कलाकारले लीड रोल गरेका छन् । ‘द कश्मीर फाइल्स’ मा कश्मीरी पंडितहरुलाई ९० को दशकमा आफ्नै राज्यबाट निकालिएको कहानी देखाइएको छ । फिल्म अभिषेक अग्रवालले प्रोड्यूस गरेका हुन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
bale

हत्कडी लगाएर बलेलाई सरकारी वकिलको कार्यालयमा लगियो

  • १ दिन अगाडि
narayan-kandel

महान्यायाधिवक्तामा डा. नारायण कँडेल नियुक्त

  • १ दिन अगाडि
शिक्षामन्त्री पोखरेलद्वारा पदभार ग्रहण
काठमाडौँ १३ चैतः शिक्षा, विज्ञान तथा प्रविधि एवं युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेल शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्नुहुँदै । तस्बिरः मुना कार्की ÷रासस

सरकारी कार्यालय अबदेखि बिहान ९ देखि साँझ...

  • १ दिन अगाडि
Dp-aryal-3

सभामुख डोलप्रसाद अर्यालले गरे पद बहाली

  • १ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved