Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

चुनाब नजिकीँदै गर्दा सुकुम्बासी सडकमा :‘नो लालपूर्जा, नो भोट’

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

नवलपुर ।
स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा देवचुली नगरपालिकाका भूमिहनि सुकुम्बासीहरु भने निर्वाचनको विषयलाई लिएर सडकमा उत्रिएका छन् ।
करिब ५ बर्ष अघि विभिन्न राजनितिक दलका व्यक्तिहरु भोट माग्दै सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गछौँ भनि आसवसन दिएपनि अहिलेसम्म लालपूर्जा वितरण नगरेको भन्दै प्रदर्शनमा उत्रिएका हुन् । सुकुम्बासी संघर्ष समिति देवचुली ४ र ५ का सँयाेजक गणेश गुरूङकाे सम्याेजकत्वमा स्थानीयले विभिन्न नारा लेखिएको प्ले कार्ड लिएर देवचुली नगरपालिकाको कार्यालय परिसरमा धर्ना बसेका थिए । देवचुली ४ शान्तिगैराबाट सुरु भएको नारा जुलुस नगरपालिकामा आएर कोण सभामा परिणत भएको थियो ।

 

सुकुम्बासीहरुले स्थानीय सरकार आएपनि आफ्ना समस्यालाई कुनै चासो नदिएको बताएका थिए । ५ बर्षको अवधिमा सुकुम्बासीहरुलाई लालपूर्जा दिन्छौँ भनेर आसवसन देखाएपनि लालपूर्जा वितरणमा कुनै ध्यान नदिएको उनीहरुले आरोप लगाएका थिए । स्थानीयहरुले नेपाल अधिराज्य भरिको २७ वटा जिल्लामा आयोग गठन गरि लालपूर्जा वितरण हुँदा देवचुली नगरपालिकाले के हेरिरहेको थियो भन्दै प्रश्न समेत गरेका थिए । निर्वाचन भएर आएका यतिका बर्ष हुँदा पनि सुकुम्बासीका समस्यालाई समाधान गर्न नलागेको भन्दै सुकुम्बासीका लागि के–कस्ता काम गर्याे नगरपालिकाले प्रगति प्रतिवेदन प्रस्तुत गर्न समेत अनुरोध गरेका थिए ।
यता बिरोध प्रदर्शनलाई सम्बोधन गर्दै देवचुली नगरपालिकाका नगरप्रमुख पूर्णकुमार श्रेष्ठले सुकुम्बसीका समस्यालाई समाधान गर्न आँफूहरु हरेक क्षेत्रबाट लागेको बताउनुभएको थियो । निर्वाचन भएर आएपछि सुकुम्बासीका समस्याहरुलाई पहिलो प्राथमिकतामा राखेपनि केन्द्रबाट कुनै कार्य नहुँदा आँफूहरुले केही गर्न नसकेको दुखेसो व्यक्त गर्नुभएको थियो । श्रेष्ठले संविधान विघटन भएपछि आयोग गठन नहुँदा भूमिहिन सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्न नसकिएको बताउनुभयो ।
यसैगरि बिरोध सभामा बोल्दै देवचुली नगरपालिकाका नगर उपप्रमुख पार्वता तिवारीले बर्षाै देखि बसिरहेका सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्ने बताउनुभएको थियो । उहाँले सुकुम्बासीका पिडा आफ्ना पिडा रहेकाले सरकारले चासो नदिँदा समस्या जहाँको त्यही रहेको बताउनुभएको थियो । यसैगरि देवचुली नगरपालिका वडा नं ४ का वडाध्यक्ष गिरबहादुर थापा क्षेत्री रामले कानुनले अधिकार नदिएकाले आँफूहरु अलपत्र परेको बताउनुभएको थियो । उहाँले आँफूसुकुम्बासीको हक हितका लागि हिजोका दिनमा पनि लागेको र भोलिका दिनमा पनि लागि रहने बताउनुभएको थियो ।

करिब दुई घण्टाको बिरोध प्रदर्शनपछि देवचुली नगरपालिकाका जनप्रतिनिधि र संघर्ष समितिका प्रतिनिधि बैठक बसेको थियो । बैठकबाट नव गठित आयोगका पदाधिकारीसँग छलफल तथा जिल्ला स्तरीय आयोग गठन गर्न ताकेता गर्ने कार्यका लागि यहि चैत्र ८ गते प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय काठमाडौँमा सुकुम्बासीका संयोजक सदस्य ५ जना सहित नगरपालिकाका जनप्रतिनिधहरु समेतको प्रतिनिधि मण्डल काठमाडौँ जाने कार्यक्रम तय गरिएको छ । सुकुम्बासीका समस्यालाई प्रधानमन्त्री समक्ष राखि छिटो भन्दा छिटो लालपूर्जा वितरण गर्नका लागि जोड दिने निर्णय गरेको हो ।

बिरोध प्रदर्शनमा सुकुम्बासी समस्या समाधान गर, जब सम्म लालपूर्जा पाईदैन तबसम्म नेता गाउँमा आउन पाईदैन, झुठको खेती कहिले सम्म, सामुदायिक वन चाहिँदैन सुकुम्बासी बनाउन पाईदैन, लालपूर्जा पाईदैन नागरिकता चाहिँदैन, नो लालपूर्जा नो भोट, लालपूर्जा हाम्रो अधिकार हो जस्ता नारा लगाएका थिए । देवचुली नगरपालिका वडा नं ४ र ५ मा भूमिहिन सुकुम्बासीको संख्या १ हजार ६३ र अव्यवस्थित बसोबासको संख्या ५ हजार ९ सय ५९ रहेको छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
bale

हत्कडी लगाएर बलेलाई सरकारी वकिलको कार्यालयमा लगियो

  • २ दिन अगाडि
narayan-kandel

महान्यायाधिवक्तामा डा. नारायण कँडेल नियुक्त

  • २ दिन अगाडि
शिक्षामन्त्री पोखरेलद्वारा पदभार ग्रहण
काठमाडौँ १३ चैतः शिक्षा, विज्ञान तथा प्रविधि एवं युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेल शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्नुहुँदै । तस्बिरः मुना कार्की ÷रासस

सरकारी कार्यालय अबदेखि बिहान ९ देखि साँझ...

  • २ दिन अगाडि
Dp-aryal-3

सभामुख डोलप्रसाद अर्यालले गरे पद बहाली

  • २ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved