Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

पूर्वाधार निर्माणमा दुर्लभ वन्यजन्तु मासिन थालेपछि नयाँ निर्देशिका

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

काठमाडौं । पूर्वाधारका योजना निर्माणक्रममा विश्वमै दुर्लभ मानिएका वन्यजन्तुको मृत्यु हुन थालेपछि सरकारले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका ल्याएको छ । विशेषगरी निकुञ्ज, आरक्ष तथा जैविक मार्गछेउछाउमा सडक, नहर तथा जलविद्युत्जस्ता भौतिक पूर्वाधारका संरचना निर्माणक्रममा वन्यजन्तुको मृत्यु हुन थालेपछि सरकारले यो निर्देशिका जारी गरेको हो । गत महिना चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रमा सडक निर्माणका लागि बनाइएको खाडलमा परेर एकसिङे बयस्क गैँडा मरेपछि सरकारले यो निर्देशिका ल्याएको हो ।

यसअघि विगत १० वर्षमा विभिन्न पूर्वाधार निर्माणक्रममा एक सयभन्दा बढी बाघ, गैँडा, हात्तीजस्ता दुर्लभ वन्यजन्तुको मृत्यु भएपछि पूर्वाधार निर्माणमा हेलचेक्रयाइँ गर्न नहुने र त्यसका काममा नियमन गर्नुपर्ने चौतर्फी आवाज उठ्दै आएको थियो ।

वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले भने, “विकास गर्ने भन्दै विश्वमै दुर्लभ भएका वन्यजन्तु धमाधम मर्न थालेपछि सरकारलाई निर्देशिका जारी गर्नुपर्ने अवस्था आएको होे । कमभन्दा कम विनाश गरेर विकास गर्ने मोडलमा नेपाल जान नसकेको यथार्थ स्वीकारेर निर्देशिका जारी भएपछि अब सबै पूवार्धार निर्माण गर्ने निकायले निर्देशिका पालना गरेर काम अगाडि बढाउनुपर्छ ।’’

वन्यजन्तुको आवतजावतलाई सुरक्षित तुल्याई दुर्घटनाबाट हुने क्षतिलाई कम गर्न र मानव, वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्न निर्देशिकामा अति संवेदनशील क्षेत्र र अन्य क्षेत्र भनेर वर्गीकरण गरिएको छ । अति संवेदनशील क्षेत्र (निकुञ्ज, आरक्ष, जैविक मार्ग तथा रामसार सूचीमा सूचीकृत क्षेत्र) आसपासमा पूर्वाधार योजना छनोट चरणमै प्राविधिक अध्ययन प्रतिवेदन तयार पार्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ । गोरखापत्र दैनिकमा समाचार छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
bale

हत्कडी लगाएर बलेलाई सरकारी वकिलको कार्यालयमा लगियो

  • १ दिन अगाडि
narayan-kandel

महान्यायाधिवक्तामा डा. नारायण कँडेल नियुक्त

  • १ दिन अगाडि
शिक्षामन्त्री पोखरेलद्वारा पदभार ग्रहण
काठमाडौँ १३ चैतः शिक्षा, विज्ञान तथा प्रविधि एवं युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेल शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्नुहुँदै । तस्बिरः मुना कार्की ÷रासस

सरकारी कार्यालय अबदेखि बिहान ९ देखि साँझ...

  • १ दिन अगाडि
Dp-aryal-3

सभामुख डोलप्रसाद अर्यालले गरे पद बहाली

  • १ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved