Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

कोभिडः नेपालमा पनि डेल्टाक्रोन भेरिअन्टको ‘सावधानीपूर्वक निगरानी’, के भन्छन् विशेषज्ञ

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

कोरोनाभाइरसको नयाँ भेरिअन्ट डेल्टाक्रोन नेपालमा पनि भित्रिन सक्ने कुरालाई दृष्टिगत गर्दै “सावधानीपूर्वक निगरानीका काम जारी राखिएको” स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

त्यसका लागि भाइरसको भेरिअन्ट चिन्न जीन सीक्वन्सिङ गर्ने काम निरन्तर भइरहेको उनीहरूको भनाइ छ।

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले मार्च ९ मा उक्त नयाँ भेरिअन्ट पत्ता लागेको घोषणा गरेको थियो।

डेल्टाक्रोनको सङ्क्रमण युरोप, उत्तर अमेरिका र दक्षिण अमेरिकामा भेटिएको छ।

के गर्दैछ नेपाल?
स्वास्थ्य मन्त्रालयका अनुसार सरकारले नेपालभित्रै वा अन्यत्रबाट पनि नेपालमा नयाँ किमिमका कोरोनाभाइरस भित्रिन सक्ने ठानेर त्यसै अनुसारका परीक्षणलाई जारी राखेको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले त्यस्तो काम डब्ल्यूएचओसँग “नियमित सम्पर्कमा रहेर” गर्ने गरिएको बताए।

उनले भने, “नेपाल सरकारले कुनै पनि नयाँ भेरिअन्ट हाम्रै भूगोलभित्र वा हाम्रा छिमेकी देशहरूमा वा विश्वका कुनै पनि ठाउँहरूमा देखा पर्न सक्छन् र त्यो सङ्क्रमण आइहाल्यो भने फैलिन सक्छ भन्ने ठानेर काम गरिरहेको छ।”

कोभिड खोप दिँदै
“त्यस कुराको प्राविधिक ठम्याइ, प्राविधिक भोगाइ, हामीले विगतमा प्राप्त गरेका अनुभव सबैका आधारमा चुस्त, दुरुस्त र सुदृढ निगरानी प्रणाली बनाउनुपर्छ भनेर त्यसमा जोड दिएर काम भइरहेको छ।”

उनले देशभित्र भइरहेको सङ्क्रमणमा कुन भेरिअन्टको भूमिका छ भनेर पनि नियमति रूपमा हेर्ने गरिएको बताए।

उनले भने, “देशैभित्र सङ्क्रमण पुष्टि भएकामध्ये कुन चाहिँ भेरिअन्टको पुष्टि भएको हो भन्ने जीन सीक्वन्सिङ गर्ने र निगरानी गर्ने कामहरू एकदमै धेरै सावधानीका साथ गरिरहेका छौँ।”

उनका अनुसार हालसम्म नेपालमा डेल्टाक्रोन भेरिअन्ट भेटिएको पुष्टि भएको छैन।

नयाँ भेरिअन्ट कस्तो?
डेल्टा र ओमिक्रोन भेरिअन्टको संयुक्त रूप भएकाले त्यसलाई ‘डेल्टाक्रोन’ नाम दिइएको हो।

यद्यपि हालसम्म डब्ल्यूएचओले त्यसलाई “चिन्ताको भेरिअन्ट”का रूपमा वर्गीकरण गरेको छैन।

त्यसको अर्थ यो भेरिअन्ट अहिलेसम्म जनस्वास्थ्यमा ठूलो प्रभाव पार्ने खालको देखिएको छैन भन्ने हो।

तर डेल्टाक्रोनका कारण युरोपेली देशहरूमा सङ्क्रमण फेरि उकालो लाग्ने अवस्था बनेको बताइएको छ।

वैज्ञानिकहरू यो भेरिअन्ट कत्तिको सङ्क्रामक छ वा यसमाथि खोपले कति काम गर्छ वा यसले गम्भीर खालका लक्षण ल्याउँछ कि ल्याउँदैन भन्ने कुरामा स्पष्ट भइसकेका छैनन्।

त्यसैले यसबारे विश्वका विभिन्न देशमा थप अनुसन्धान जारी छ।

‘धेरै डराउनुपर्ने अवस्था छैन तर सतर्क हुनुपर्छ’
विभिन्न देशहरूमा डेल्टाक्रोन भेरिअन्ट देखिएका बेला नेपाल पनि उक्त भेरिअन्टप्रति “सतर्क बन्नुपर्ने तर धेरै डराइहाल्नुपर्ने अवस्था नरहेको” सङ्क्रामक रोगविज्ञहरूको भनाइ छ।

सङ्क्रामक रोग विशेषज्ञ डा. जनक कोइरालाका भनाइमा डेल्टाक्रोन भेरिअन्ट देखिएका स्थानमा “विस्तारै सङ्क्रमणमा वृद्धि” देखिएको पाइएको छ।

कोरोनाभाइरस
तस्बिर स्रोत,SCIENCE PHOTO LIBRARY

तर अझै पनि यो भेरिअन्टबारे धेरै जानकारी प्राप्त हुन बाँकी नै छ।

उनले भने, “यो भेरिअन्ट पाइएका देशहरूको अवस्था हेर्दा पहिले ओमिक्रोन र डेल्टा भइसकेकालाई सङ्क्रमण कम भएको जस्तो देखिएको छ।”

“यसले सङ्क्रमण बढाउन सक्ने तर डेल्टा वा ओमिक्रोनको जस्तो अवस्था नआउँला भन्ने लाग्छ किनिकी धेरैलाई पहिलेका भेरिअन्टले सङ्क्रमण गराइसकेका छन् र अधिकांशले खोप पनि लगाएका छन्।”

उनी पहिले नै सङ्क्रमण भएका र खोप लगाएकामा प्रतिरक्षा प्रणाली विकास भइकेकाले पनि त्यो सम्भावना कम हुने बताउँछन्।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
bale

हत्कडी लगाएर बलेलाई सरकारी वकिलको कार्यालयमा लगियो

  • २ दिन अगाडि
narayan-kandel

महान्यायाधिवक्तामा डा. नारायण कँडेल नियुक्त

  • २ दिन अगाडि
शिक्षामन्त्री पोखरेलद्वारा पदभार ग्रहण
काठमाडौँ १३ चैतः शिक्षा, विज्ञान तथा प्रविधि एवं युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेल शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्नुहुँदै । तस्बिरः मुना कार्की ÷रासस

सरकारी कार्यालय अबदेखि बिहान ९ देखि साँझ...

  • २ दिन अगाडि
Dp-aryal-3

सभामुख डोलप्रसाद अर्यालले गरे पद बहाली

  • २ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved