Skip to content
Follow us:
Facebook
Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
Search
Close
Search
Close

के पढ्छ किशोर पुस्ता ?

  • अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

पछिल्लो समय किशोर पुस्तामा पुस्तक पढ्ने बानिको विकास हुँदै गएको छ । किशोर पुस्ताले स्कुल-कलेजका किताबबाहेक नेपाली साहित्य (खास गरेर उपन्यास) पढ्न थालेका छन् ।

किशोर मनोविज्ञानमा लेखिएका समर लभ, साया, गुलाबी उमेरजस्ता उपन्यासहरूले जबरजस्त पाठक समूह तयार पारेको मानिएको छ ।

 

समर लभ र साया उपन्यासका लेखक सुविन भट्टराई नेपाली साहित्य पढ्ने किशोर पुस्ताको ठूलो जमात रहेको बताउँछन् । यो समूहको मनोविज्ञान र रुचि अनुसारका पुस्तक भने बजारमा निकै कम रहेको उनको भनाइ छ । उनी भन्छन्, ‘नेपाली साहित्यका किशोर पाठकको गतिलो उपस्थिति भए पनि उनीहरुको मनोविज्ञान र रुचिअनुसार कमै किताब लेखिएका छन् ।’

किशोर पुस्ताले प्राय: प्रेम, अपराध, थ्रिलर र विज्ञानका कल्पित कथाका साथै प्रेरक, दार्शनिक र अध्यात्मिक विषयवस्तु मन पराउँछन् । ‘यस्ता विषयमा नेपाली साहित्य लेखन कमै भएको छ’ भट्टराई भन्छन्, ‘किशोर र युवा पुस्तालाई आकर्षण गर्ने गरी धेरै विधामा लेखिन जरुरी छ ।’

किशोर र युवा पुस्ताका लागि नेपाली साहित्य बामे सरिरहेको भट्टराईको तर्क छ । लेखनमा विविधता ल्याउन नसक्दा नेपाली साहित्यका पाठकको दायरा विस्तार हुन नसकेको उनले बताए । ‘नेपालीमा प्रेम, अपराध, थ्रिलर, विज्ञान आदी फिक्सन लेखन कमजोर हुँदा किशोर र युवा पाठकले अंग्रेजीमा किताबबाट त्यसको भोक मेटिरहेका छन’, भट्टराई भन्छन् ।

नेपाली किशोर साहित्यले नवीनतम शैली र विषयवस्तुहरू ल्याउन नसक्दा साहित्यको बजार विस्तारमा ढिलाइ भएको र पछाडि परेको उनी बताउँँछन् । राम्रो कथावस्तुलाई आफ्नै शैलीमा पाठक केन्द्रित भई लेख्दा किशोर पाठकले रुचाएको उनको अनुभव छ ।

किशोर र युवा पाठक लक्षित समर लभ, साया, मनसुन, प्रिय सुफी उपन्यास लेखेर लोकप्रिय बनेका भट्टराई राम्रो भए जुनसुकै विधाका कितावले मनग्गे पाठक पाउने बताउँछन् । नेपाली लेखकले नयाँ-नयाँ विषयवस्तुमा कलम चलाउने जोखिम मोल्नुपर्ने उनले बताए ।

गुलाबी उमेर उपन्यास लेखेर युवा पाठकमाझ पनि लोकप्रिय बनेका अमर न्यौपाने किशोर वा युवा पुस्तामा अनेकन सपनाका बिउ हुने बताउँछन् । ‘ती सपना पूरा गर्न संघर्ष गर्नुपर्छ । संघर्ष गर्दा दुःख हुन्छ । दुःख गरेपछि सफल भइने सोच छ’ उनी भन्छन्, ‘पुस्तकको पात्रमा आफूलाई पाउने, महसुस हुने जुनसुकै पुस्तक युवा र किशोर पुस्ताले मन पराउँछन् ।’

उपन्यासको विषयवस्तु र कथामा जति धेरै सघर्ष, तनाव, पीडा र दुःख भए पनि अन्त्यमा खुसी, सुख वा आशाको दियो बाल्ने पुस्तकप्रति किशोरपुस्ता बढी आकर्षित हुने न्यौपाने बताउँछन् ।

युवा सपना, त्यो सपना पूरा गर्न गरेको संघर्ष, जिन्दगी सफल बनाउने सुत्रहरु रहेको प्रेरक पुस्तकहरू अधिक रुचाइने न्यौपाने बताउँछन् । ‘कथामा कहीँ न कहीँ आफूलाई पाउने पुस्तकले पाठकलाई रिझाउँछ’ उनी भन्छन्, ‘लेखकले पाठकलाई पुस्तकका विषयवस्तुभित्र हराउने गरी लेख्न सक्नुपर्छ ।’

नेपाली किशोर र युवा पुस्ताका लागि बजारमा साहित्यका पुस्तकको संख्या बढिरहेको न्यौपाने बताउँछन् । उपलब्ध पुस्तकमा विविधताको भने कमी रहेको उनको अनुभव छ । बजारमा एकै संरचना र लेखन शैलीका पुस्तक बढी पाइने बताउँदै उनले बढ्दो पाठकलाई त्यही अनुसार विकल्प चाहिने बताए ।

अहिलेका किशोर र युवा पुस्ता इन्टरनेटमा अभ्यस्त छन् । यसले गर्दा पाठकको धैर्यमा कमी आएको न्यौपानेको अनुभव छ । आफ्नै मनोगत गन्थन लेखेर त्यस्ता पाठकलाई पुस्तक किन्न र पढ्न बाध्य पार्न नसकिने उनी बताउँछन् ।

उनका अनुसार, पुस्तकले कसैलाई भोगेका, देखेका कुरा स्मरण गराई विगतमा फर्काउँछ भने कसैलाई भविष्यप्रति कल्पनाशील र स्वप्नील बनाउँछ । ‘किशोर वा युवा पुस्ता आफैंमा तरल र कल्पनाशील हुन्छ’ न्यौपाने भन्छन्, ‘उनीहरूले आफैंलाई भेट्ने साहित्य वा उपन्यासहरूको हामीकहाँ कमी नै छ ।’

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै

gbets casino

  • ११ घण्टा अगाडि

frapapa olympus of luck

  • ११ घण्टा अगाडि

Easybet

  • ११ घण्टा अगाडि

volcano slot

  • ११ घण्टा अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved